दूरबिन नेपाल
इङलिस क्लव लिभरपूललले यस वर्षको क्लव विश्वकपको उपाधि चुम्न सफल भएको छ । लिभरपूलले दक्षिण अमेरिकी लिग विजेता व्राजिलियन क्लव लेमेन्गोलाई १–० ले पराजित गर्दे विश्वभरीकै क्लव च्याम्पियन बनेको हो । कतारको दोहा रङ्गशालामा भएको खेलमा निर्धारित समयमा दुवै टोलीको तर्फवाट गोल हुन सकेन । अतिरिक्त समयको ९९ औ मिनेटमा साडियो मानेकको पासमा व्राजिलियन फरवार्ड रोवर्टो फेरम्निहोले गोल गर्दै लिभरपुललाई उपाधि दिलाए । इङ्लिस क्लवले झण्डै १४ वर्ष पछि क्लव विश्वकपको उपाधी हात पार्न सफल भएको हो । यस अघि सन २००८ मा म्यानचेष्टर यूनाइटेडले क्लव विश्वकपको उपाधि चुमेको थियो । लिभरपुलको यो उपाधि चालु बर्षकोे चौथो उपाधि हो ।







प्रतिक्रिया लेख्नुहोस्:-