Sunday, June 28, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

उत्तर कोरिया र इरानका विषयमा अमेरिकी राष्ट्रपति र जापानी प्रधानमन्त्री बीच वार्ता

पुस ७, २०७६ ६:१९ मा प्रकाशित
उत्तर कोरिया र इरानका  विषयमा अमेरिकी राष्ट्रपति र जापानी प्रधानमन्त्री बीच वार्ता
Share on FacebookShare on Twitter

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र जापानी प्रधानमन्त्री सिन्जो आबेबीच फोनवार्ता भएको छ । उहाँहरुबीच उत्तर कोरियाले हालै गरेको भनिएको आणविक परीक्षण तथा कोरियाली प्रायद्वीपको बारेमा कुराकानी भएको बताइएको छ । शनिबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जापानी प्रधानमन्त्री सिन्जो आबेलाई फोन गर्नुभएको ह्वाइट हाउसद्धारा जारी विज्ञप्तिमा जनाइएको छ ।

अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसका प्रवक्ताले दिएको जानकारीअनुसार इरान र उत्तर कोरियाका विषयमा उहाँहरुबीच कुराकानी भएको थियो । उहाँहरुले हालै उत्तर कोरियाले आणविक परीक्षण गरेको र त्यस लगत्तै दिएको भनिएको एक धम्कीपूर्ण वक्तव्यका बारेमा पनि कुराकानी गर्नुभएको उहाँले विज्ञप्तिमार्फत जानकारी दिनुभएको छ । उहाँहरुबीच द्धिपक्षीय व्यापारका साथै अन्य अन्तर्राष्ट्रिय मुद्धाहरुका बारेमा पनि कुराकानी भएको थियो । आगामी दिनमा आपसी हितका विषयमा समय समयमा सम्पर्कमा रहेर कुराकानी गर्ने विषयमा पनि उहाँहरुबीच सहमति भएको बताइएको छ ।

उत्तर कोरियाली उप विदेशमन्त्री रि ताय सङले हालैमात्र एक विज्ञप्ति प्रकाशन गरी अमेरिकाले आगामी क्रिस्मसमा कस्तो किसिमको उपहार खोजेको हो त्यो स्पष्ट होस् भनेर धम्कीपूर्ण भाषामा भन्नुभएको थियो । अमेरिकासँग पछिल्लो समयमा कूटनीतिक रुपमा विवाद जारी नै रहेका बेला इरानी राष्ट्रपति हसन रउहानी जापान पुग्नुभएको समयमा अमेरिकी राष्ट्रपति ट्रम्पले जापानी प्रधानमन्त्री आबेलाई फोन गर्नुभएको छ । राष्ट्रपति रउहानी शुक्रबार जापानको राजधानी टोकियो पुग्नुभएको छ । पछिल्लो समयमा संयुक्त राज्य अमेरिका र इरानबीचमा आणविक विषयलाई लिएर ठूलो विवाद जारी रहेका बेला भएको उहाँको जापान भ्रमणलाई अर्थपूर्ण रुपमा लिइएको छ । यद्यपि यस भ्रमणको समयमा अमेरिकासँगको सम्बन्धका विषयमा कुनै कुराकानी नहुने इरानको भनाई छ । तर पनि गएको जुन महिनामा भने जापानी प्रधानमन्त्री आबेले यसै विषयमा केन्द्रित रहेर इरानको भ्रमण गर्नुभएको थियो ।

अमेरिका र इरानका बीचमा ठूलो कूटनीतिक तनाव जारी नै रहेका बेला सो तनाव कम गर्ने काममा सघाउनका लागि भन्दै उहाँले इरानको भ्रमण गर्नुभएको त्यस समय विदेशी मिडियाले नै जनाएका थिए । दुई वर्षयता दुई पटकसम्म अमेरिका र उत्तर कोरियाबीच उच्चस्तरीय वार्ता भएको छ । ती वार्ताहरुमा उत्तर कोरियाको निशस्त्रीकरणका विषयमा सहमति भएको तर सो सहमति बमोजिम काम हुन नसकेको अमेरिकाको भनाई छ ।

रासस÷सिन्ह्वा

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result