Sunday, June 28, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

क्याथोलिक चर्चमा १७५ बालबालिकामाथि यौन दुर्ब्यवहार

पुस ७, २०७६ ६:३९ मा प्रकाशित
क्याथोलिक चर्चमा १७५ बालबालिकामाथि यौन दुर्ब्यवहार
Share on FacebookShare on Twitter

मेक्सिको सिटी, ६ पुस : एउटा अति–अनुदारवादी रोमन क्याथोलिक चर्चको मेक्सिको शाखाका पादरीहरूले कम्तीमा १७५ जना बालबालिकाको यौन दुर्ब्यवहार गरेको शनिबार सार्वजनिक एक आन्तरिक प्रतिवेदनमा उल्लेख गरिएको छ । प्रतिवेदन अनुसार क्रिश्चियन धर्मसँग सम्बन्धित ‘लिगनरी अफ क्राइस्ट’ का संस्थापक मार्सियल मासिएलसहित ३३ पादरी वा ‘डेकन’ ले कम्तीमा ६० बालबालिकामाथि सन् १९४१ देखि अहिलेसम्म यौन दुर्ब्यवहार गरेको स्वीकार गरेका छन् ।

समूहका महानिर्देशक एडुआर्डो रोबल्स–गिलद्वारा स्थापना गरेको एक आयोगद्वारा गरिएको अनुसन्धानले सन् १९४१ मा लिगनरी अफ क्राइस्टको स्थापनादेखि सन् २०१९ को डिसेम्बर १६ सम्म गरेको अनुसन्धान रिपोर्टलाई ‘सेरोआबुसोेस डट ओराजी’ मार्फत् सार्वजनिक गरिएको छ । “यौन दुर्ब्यवहार भएका भनिएका सबै बालबालिका ११ वर्षदेखि १६ वर्ष उमेर समूहका रहेका छन्,” क्रिश्चियन उक्त संस्थाको सहयोगमा गत जुनमा स्थापना भएको एक आयोगले गरेको अनुसन्धान प्रतिवेदनमा भनिएको छ । अनुसन्धानमा आरोपित ३३ पादरीमध्ये अझै १८ जना अझै पनि उक्त संस्थामा सम्लग्न रहेका बताइएको छ ।

तर संस्थाले उनीहरूलाई नागरिक वा बालबालिकासँग जोडिने कुनै पनि कामबाट टाढा गरिसकिएको छ । अझ आश्चर्यको कुरा के छ भने आरोपित ३३ मध्ये १४ जना त लिगनरीहरूबाट नै पिडित भएका बताइएको छ । बालबालिकालाई कसरी यौन दुर्ब्यवहार गरिएको थियो र दुर्ब्यवहारका घटना कसरी अहिलेसम्म पनि जोडिएका छन् भन्नेबारेमा प्रतिवेदनले स्पष्ट व्याख्य गरेको छ । प्रतिवेदनमा उल्लेख गरिएका व्यक्तिभन्दा बढी व्यक्ति दुर्ब्यवहारमा परेका पनि हुन सक्ने तर अध्ययनले सबै समेट्न नसकेको पनि बताइएको छ ।

यद्यपि अनुसन्धान र अध्ययनलाई भविष्यमा पनि जारी राख्ने सेरोआबुसेसले जनाएको छ । सेरोआबुसेसले भनेको छ, “विभिन्न ४५ पिडितहरूलाई ‘क्षतिपूर्ति र मेलमिलाप’ गराउने प्रक्रिया जारी छ र यसलाई अझ धेरैमा बिस्तार गर्नुपर्ने महशुस गरिएको छ ।” सन् २००८ मा मृत्यु भैैसकेका मासिएललाई उहाँ कार्यरत संस्थाबाट आरोपहरू आउन थालेपछि तत्कालिन क्रिश्चियन धर्मगुरू पोप बेनेडिक्टले सन् २००६ मा अबकास लिन दवाब दिएपछि उहाँ संस्थाबाट अलग्गिनुभएको थियो ।

रासस÷एएफपी

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result