काठमाडौं । नयाँ सरकार गठन गर्ने विषयमा नेपाली कांग्रेसका वरिष्ठ रामचन्द्र पौडेल र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच छलफल भएको छ ।
प्रचण्डलाई भेट्न नेता पौडेल उनकै निवास खुमलटार पुगेका थिए । त्यस क्रममा उनले प्रचण्डलाई सत्तारुढ गठबन्धन नछोड्न आग्रह गरेका उनीनिकट एक नेताले जानकारी दिए ।
प्रचण्डले सत्तारुढ गठबन्धनको सरकार बन्दा पहिलो पालोमा आफू प्रधानमन्त्री बन्न पाउनुपर्ने अडान राखिरहेका छन् । पौडेलले भने पहिलो पालोमै वा पछि जहिले भए पनि अहिलेको सत्तारुढ गठबन्धनबाटै प्रधानमन्त्री बन्न पाउने भन्दै गठबन्धन नतोड्न आग्रह गरेका पौडेलनिकट नेताले बताएका छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-