काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको फेरि प्रधानमन्त्री हुने चाहना पूरा हुन नसक्ने बताएका छन् ।
अध्यक्ष ओलीले शनिबार काठमाडौंमा एमाले प्युठान–काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले समयमा कदम नचालेकाले प्रचण्डको प्रधानमन्त्री हुने इच्छा समाप्त भएको दावी गरे ।
प्रधानमन्त्री हुने इच्छा प्रचण्डले व्यक्त गरिरहेको उल्लेख गर्दै त्यस संभावनालाई समयले नै समाप्त पारिदिएको ओलीले बताए।
उनले एमालेलाई सिध्याउँछु भन्ने तत्वहरु आफैं समाप्त भएको जिकिर पनि गरे।
प्रतिक्रिया लेख्नुहोस्:-