काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफ्नो पार्टीको ठूलो संगठन भए अनुसार नतिजा प्राप्त हुन नसकेको टिप्पणी गरेका छन् । प्रतिनिधिसभा सदस्य समेत रहेका थापाले आइतबार सन्त नेता एवम् पूर्वप्रधानमन्त्री स्वर्गीय कृष्णप्रसाद भट्टराईको शताब्दी जन्म दिवसको सन्दर्भमा आयोजित विमर्शसभामा बोल्दै यस्तो टिप्पणी गरेका हुन् ।
‘०४८ सालको निर्वाचनमा किसुनजीले आफैँ चुनाव हार्नुभयो, त्यो फरक कुरा छ । तर कांग्रेसले सबैभन्दा धेरै मत पाएको निर्वाचन त्यो थियो । त्यो निर्वाचनमा कांग्रेसले ३९ प्रतिशत मत पाएको थियो । तर त्यसबेला न पार्टीमा यति धेरै सदस्य थिए, न भ्रातृ संस्थाहरू नै थिए, बरू जिल्लामा समेत सगठन बनिसकेको थिएन,’ महामन्त्री थापाले भने, ‘संगठन अथवा शरीर एकदमै धेरै भद्दा भयो भने त्यसले आस्थालाई थिच्छ भन्ने कुरा यही होला सायद, अहिले हाम्रो संगठन ठूलो छ, नतिजा खुम्चिएको छ ।’







प्रतिक्रिया लेख्नुहोस्:-