काठमाडौं । गृहमन्त्री रमेश लेखकले संविधान संशोधन केही दिनमा हुने विषय नभएको बताएका छन् ।
मन्त्री लेखकले मंगलबार नेपाल राष्ट्रिय दलित समाज कल्याण संघको कार्यक्रमलाई सम्बोधन संविधानको १० वर्षे अभ्यासको समीक्षा गरी सबै राजनीतिक दलसँगको सहमतिमा मात्रै संविधान संशोधन गरिने उनको भनाइ छ।
गृहमन्त्री लेखकले संविधान संशोधनले समावेशितालाई कमजोर बनाउने नभई थप सुदृढ गर्ने स्पष्ट पारे।
प्रतिक्रिया लेख्नुहोस्:-