धनगढी पुस १० । धनगढी क्रिकेट एकेडेमीकाे आयाेजानमा हुने रूस्लान धनगढी प्रिमियर लिगकाे समय परिवर्तन भएकाे छ । एकेडेमीले माघ १९ गते देखि फागुन ४ गतेकाे मिति तय गरेकाे थियाे । तर साेही समयमा नै नेपाल र यु.ए.ई बिच एक दिवसीय तथा ट्ववान्टी – २० खेल हुने भए पछि लिगकाे मिति एक हप्ताका लागि पछाडि सारीएको एकेडेमीका अध्यक्ष सुवास शाही द्वारा जारी विज्ञप्तिमा जनाइएकाे छ ।
नेपाल र यु.ए.ई बिच काे सिरिज माघ ९ देखि २१ गते सम्म हुने संभावना छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषाद् आइसीसीले औपचारिक रूपमा साे मिति सार्वजनीक गर्न बाँकी छ । आइसीसीले जनवरी अन्तिम साता देखि फेब्रुअरी पहलो साता बीचमा खेल हुने बताएकाे छ ।
नेपालले एक दिवसीय खेलको मान्यता पाए पश्चात दोश्रो पटक र यु.ए.ई संग पहिलो पटक एक दिवसीय खेल खेल्न गईरहेको छ । आयाेजकले अब खेलाडी दर्ता मिति पनि एक साता थपेकाे छ । विज्ञप्तीमा भनिएकाे छ, ” यस् अघि माघ १९ गतेदेखि सुरु हुने भनिएको रुस्लान धनगढी प्रिमियर लिग एल माघ २६ गतेदेखि फाल्गुन ११ गते सम्म चल्ने छ भने अनलाईन फर्म भर्ने समय समेत एक हप्ताका लागि बढाएर पुस १७ गते सम्मका लागि थपिएको छ ।” यस्तै पुस १२ गते गर्ने भनिएको खेलाडी छनोट अक्सन पुस १९ गते गरिने भएकाे छ ।







प्रतिक्रिया लेख्नुहोस्:-