Wednesday, June 17, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

जापानी मन्त्रिपरिषद्को निर्णय जापानको श्रम बजारमा नेपालीलाई अवसर

पुस १०, २०७५ २:४२ मा प्रकाशित
जापानी मन्त्रिपरिषद्को निर्णय जापानको श्रम बजारमा नेपालीलाई अवसर
Share on FacebookShare on Twitter

काठमाडौँ, १० पुस : जापान सरकारले नेपाली कामदारलाई आफ्नो श्रम बजारमा सेवाको अनुमति दिने भएको छ ।  केही समयअघि परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आफ्ना जापानी समकक्षीसँगको भेटवार्तामा नेपाली श्रमिकलाई जापानमा अवसर उपलब्ध गराउन आग्रह गरेबमोजिम जापानले नेपालीलाई रोजगारीको अवसर प्रदान गर्ने निर्णय गरेको हो ।

जापानी अखवार द जापान टाइम्सले जापनी मन्त्रिपरिषद्को आजको बैठकको निर्णय भन्दै प्रकाशन गरेको समाचारमा आगामी पाँच वर्षका निम्ति तीन लाख ४५ हजार जनालाई कामको अनुमति दिइने र त्यसमा नेपाली पनि परेका जनाइएको छ । नेपाली आप्रवासी कामदारको सहजीकरणका निम्ति नेपाली भाषा जानेका व्यक्तिलाई जापानी सेवा केन्द्रमा खटाइने पनि समाचारमा उल्लेख छ ।

कृषि, मत्यपालन, औद्योगिक क्षेत्र र पर्यटन व्यवसायमा नेपाली, चिनियाँ, इन्डोनेशियालीलगायत आठ देशका नागरिकलाई अवसर दिने उक्त समाचारपत्रमा जनाइएको छ । यसैबीच, नेपालीलाई जापानमा रोजगारी उपलब्ध गराउने सम्बन्धमा जापान सरकारबाट आधिकारिक जानकारी प्राप्त नभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

आगामी जनवरीमा जापानको प्राविधिक टोली नेपाल आउने र नेपाली कामदारलाई जापान लैजाने विषयमा संयन्त्र बनाउने प्रक्रिया अघि बढ्ने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेश्प्रसाद दाहालले जानकारी दिनुभयो ।

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सोमबारको बैठकमा उहाँले नेपाली कामदार लैजाने विषयमा धेरै कुरा अघि बढेकाले आगामी अप्रिलदेखि कामदार जापान जाने प्रक्रिया शुरु हुने विश्वास व्यक्त गर्नुभएको थियो ।

(रासस)

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result