काठमाडौं । चर्चित गायक रामकृष्ण ढकाल र उनकी श्रीमती निलम शाहबीच सम्बन्ध विच्छेद भएको छ । निलमले अदालतमा दिएको उजुरीका आधारमा सहमतिमा नै यो जोडीको सहयात्रा टुटेको हो ।
बुधवार जिल्ला अदालत काठमाडौंमा न्यायाधीश विदुर कोइरालाको इजलासले ढकाल र शाह बीच सम्वन्ध विच्छेदको निर्णय सुनाएको हो।
शाहले दिएको उजुरीमा ढकालले परिवारलाई समय नदएको आरोप लगाएकी छिन् । विवहाका शुरुका दिनमा सबै ठिकै थियो तर पछि सधै काममा नै व्यस्त हुने र घर परिवारलाई समय नदिएको शाहको आरोप छ । यस्तै उनले ढकाललाई विदेशमा बस्ने गरि जाँउ भनेको तर नमानेको पनि भनेकी छिन् ।
ढकालले आफ्नो भविश्य नेपालमा नै रहेको भन्दै श्रीमतीको विदेशमा नै बस्ने प्रस्ताव नमानेको पनि अदालतमा दिएको निवेदनमा उल्लेख छ ।
गायक ढकाल र शाह बीच २०५९ मंसिर १४ गते विवाह भएको थियो । उनीहरुका एक छोरी छन् । सडकबाट संघर्ष गर्दै आधुनिक गायन क्षेत्रमा स्थापित भएका ढकाल विवाह पछि आर्थिक समस्यामा पर्दै आएका थिए ।
ऋण समयमा नै नतिरेको भन्दै बैकले धरौटि निलामीको सूचना पनि निकालेको थियो । श्रीमती खर्चालु भएको र त्यो धान्न एउटा गायकको आम्दानीले गाह्रो भएको रामकृष्णको आफु निकट सँग गुनासो गर्दै आएका थिए । आर्थिक अवस्था खस्कदै जादाँ पनि नेपालमा नै भविष्य देखेका ढकालले अन्तत देशको साटो श्रीमती नै त्यागेका छन् ।
फोटो : गुगल







प्रतिक्रिया लेख्नुहोस्:-