अमेरिका । अदालतमा श्रीमतीसॅग सम्वन्ध विच्छेद सहमति पत्रमा हस्ताक्षर गरेका गायक रामकृष्ण ढकालले फेसबुकमा भने आफुहरू बीचको सम्वन्ध कहिल्यै नमर्ने भन्दै स्टाटस लेखेका छन् ।
ढकालले श्रीमती सॅगैको सेल्फी सहित बुधबार साँझ फेसबुकमा लेखेका छन्, “अरुले जे सुकै भनुन्, तर हाम्रो सम्बन्ध कहिल्यै मर्दैन ।”
जिल्ला अदालत काठमाडौंले भने ढकाल दम्पतिले सम्बन्ध विच्छेद गरेको पुष्टि गरिसकेको छ । श्रीमती नीलम शाहको उजुरिकाआधारमा दुबै पक्षको सहमतिमा सम्वन्ध विच्छेद गरिएको हो ।
न्यायाधीश विदुर कोइरालाको इजलासले सम्बन्ध विच्छेदको निर्णय सुनाएको हो ।
नीलमको उजुरीमा ढकालले परिवारलाई समय नदिएको, जहिले पनि काममा व्यस्त हुने गरेको, बिदेशमा गएर बसौ भन्दा आफ्नो भविश्यनेपालमा नै छ भन्दै अडान लिएका कारण सम्वन्ध विच्छेद गर्नु परेको उल्लेख छ ।
प्रतिक्रिया लेख्नुहोस्:-