काठमाडौं । उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले संविधान संशोधनका लागि कांग्रेस, एमालेको कार्यदलले आन्तरिक रूपमा काम गरिरहेको बताएका छन् ।
रुपन्देहीको सियारी गाउँपालिकाको गौरवको आयोजना सियारी पर्यटन करिडोरको शिलान्यास तथा दयानगर दानव लिफ्ट सिंचाइ योजनाको उद्घाटन गर्दै उपप्रधानमन्त्री सिंहले सबै राजनीतिक दलहरूको सहकार्यमा संविधान संशोधनको काम अगाडि बढाउने बताए ।
सबै दलसँग छलफल गरेरै संविधान संशोधन प्रक्रिया अघि बढाउने बताउँदै उनले संविधान संशोधनका लागि कार्यदलले काम अगाडि बढाएको बताए ।
कार्यदलले सबै राजनीतिक दलसँग छलफल गर्ने उनको भनाइ छ ।
प्रतिक्रिया लेख्नुहोस्:-