Wednesday, June 17, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

फेरि पनि बाटोमै टुङ्गियो  सुनौलो सपना,  अमेरिकी थुनामा अर्का आप्रवासी आठ वर्षीय बालकको मृत्यु

पुस ११, २०७५ १२:२३ मा प्रकाशित
फेरि पनि बाटोमै टुङ्गियो  सुनौलो सपना,  अमेरिकी थुनामा अर्का आप्रवासी आठ वर्षीय बालकको मृत्यु
Share on FacebookShare on Twitter

वासिङटन, ११ पुस – संयुक्तराज्य अमेरिकाको प्रहरी थुनामा फेरि ग्वाटेमालाका आठ वर्षीय बालकको मृत्यु भएको अमेरिकी भन्सार तथा सीमा सुरक्षा निकायले जनाएको छ । यही महिना अमेरिकी थुनामा बच्चाको मृत्यु भएको यो दोस्रो घटना हो ।

यही डिसेम्बर ८ मा ग्वाटेमालाकी एक आठ वर्षीया बालिका जेकेलिन कालको अमेरिकी प्रहरी थुनामै मृत्यु भएको थियो ।

सीमा सुरक्षा निकायले सोमबार बालक बिरामी भएको थाहा हुनासाथ न्यू मेक्सिको मेडिकल सेन्टरमा उपचारका लागि पठाइएको जनाएको छ । मेक्सिकोबाट अमेरिका प्रवेश गरेका बालक सँगै उनका बाबुलाई प्रहरीले पक्राउ गरेको थियो ।

शुरुमा बच्चालाई चिसो लागेको अनुमान गरिएको थियो, तर पछि जाँच गर्दा ज्वरो आएको पत्ता लागेको थियो । अस्पतालमा बच्चालाई ज्वरो हुँदा खुवाइने इबुप्रोफेन र एमोक्सिसिलिन दिइएको थियो । तर ज्वरो घटेन । बच्चाले पुनः वान्ता गर्नुका साथै रिङ्गटा लागेको अनुभव गरेका थिए । मध्यरातमा ती बालकको मृत्यु भएको थियो ।

ग्वाटेमाला सरकारले बालकको मृत्युका बारेमा विस्तृत अध्ययन गर्न अमेरिकी सरकारसमक्ष आग्रह गरेको छ । बच्चाको मृत्यु भएपश्चात् सामाजिक सञ्जालमा अमेरिकी अधिकारीहरुको चर्को आलोचना भएको छ ।

“अमेरिकी प्रशासनको अघिल्तिर अर्को एक बच्चाको प्राण गएको छ,” टेक्सासबाट डेमोक्राटिक कङ्ग्रेस सदस्य मार्क भेसीले ट्वीट गर्नुभएको छ । “क्रिसमसका दिन यस्तो हृदयविदारक समाचार सुन्नुपर्यो ।”

“यो समाचारले दुःखी र विचलित बनाएको छ,” न्यू मेक्सिकोका सिनेटर मार्टिन हेनरिकले ट्वीटमा भन्नुभएको छ । “यो घटनाका बारेमा विस्तारपूर्वक तत्कालै जानकारी दिइनु पर्दछ, र ट्रम्प प्रशासनलाई बच्चाको मृत्युप्रति जवाफदेही बनाउनै पर्दछ ।”

यी बालकको मृत्यु त्यस्तो दिन भएको छ जुन दिन यसै महिनाको शुरुमा अमेरिकी थुनामा मृत्यु भएकी ग्वाटेमालाकी बालिका जेकेलिन कालको दाहसंस्कार गरिएको छ ।

ती बालिकाको शव आइतबार ग्वाटेमाला ल्याइएको थियो । लामो यात्रापछि बालिकाको शव दुर्गम गाउँमा पुर्याइएको थियो । उनको गाउँमा विद्युत र अरु आधारभूत सुविधा केही उपलब्ध छैनन् ।

“ती बालिका पनि अमेरिकामा सुनौलो सपना साँचेर बाबुआमासँगै अमेरिकातर्फ हिँडेकी थिइन्, तर उनको सपना बाटोमै टुङ्गियो,” स्थानीय गाउँबासी अल्बर्टो पोपले बताउनुभयो । “तपाइँले सुन्नुभएको होला संयुक्तराज्य अमेरिकामा राम्रै कमाइ हुन्छ, र ग्वाटेमालाका कम्पनीमा जस्तो अमेरिकामा अवश्य हुँदैन । त्यही कारण मानिसहरु अमेरिका जान चाहन्छन्,” पोपले भन्नुभयो । अमेरिकी सपनाको खोजीमा उहाँका २२ वर्षीय छोरा जोकिन नोभेम्बरमा अमेरिकातर्फ लागेका थिए ।

उहाँले भन्नुभयो, “मेरो छोरो मर्यो कि बाँच्यो मलाई थाहै छैन ।”

“दुर्भाग्यवस, आप्रवासीमाथि अमेरिकी सरकारले गरेको यस्तो दुव्र्यवहारको मुख्य कारण नै हाम्रो देशमा आर्थिक स्रोतसाधनको चरम अभाव हो,” जेकेलिनको दाहसंस्कारमा उपस्थित मारियो कालले भन्नुभयो ।

जेकेलिन कालको डिसेम्बर ८ मा भएको मृत्युले अमेरिकी समाजमा ठूलो बहस सिर्जना गरेको थियो । खासगरी अमेरिकी आप्रवासी नीति र आप्रवासीमाथि अमेरिकी सरकारले गरेको व्यवहारलाई लिएर अमेरिकी राष्ट्रपतिको चर्को आलोचना भइरहेको छ ।

ग्वाटेमाला, होन्डुरस, मेक्सिको समेतका मध्य अमेरिकी देशहरुबाट ठूलो संख्यामा मानिसहरु अमेरिका प्रवेशका लागि हाल संयुक्तराज्य अमेरिका र मेक्सिको सीमामा धर्नामा बसेका छन् ।

(रासस/एएफपी)

फाइल तस्वीर

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result