काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफ्नो दलले अब संघीय संसद् र प्रदेशसभामा उत्कृष्ट प्रतिपक्षीको भूमिका निर्वाह गर्ने बताएका छन् । महामन्त्री थापाले सोमबार पोखरामम सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै यस्तो बताएका हुन् ।
महामन्त्री थापाले निर्वाचनअघि तालमेल गरेपछि तालमेल गर्ने दलहरूले पाँच वर्ष अन्य पार्टीसँग मिलेर सरकार बनाउने कुरा जायज नभएको स्पष्ट पारे। उनले भने, ‘निर्वाचनअघि तालमेल गरेपछि तालमेल गर्ने दलहरूले धर्म निर्वाह गर्नुपर्दछ । कांग्रेसले पनि अन्य विकल्प सोच्न पाउँदैन अन्यले पनि पाउँदैनन् । यही गठबन्धन भित्रबाट कुनै न कुनै निष्कर्ष निकाल्नुपर्छ भन्ने पक्षमा हामी थियौँ ।’







प्रतिक्रिया लेख्नुहोस्:-