काठमाडौं । नवनियुक्त उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले निर्मला पन्तको न्यायको लागि अधिकतम प्रयास गर्ने बताएका छन् । उनले सपथ लिएपछि मन्त्रालयमा पदभार ग्रहण गर्दै यस्तो बताएका हुन् ।
उनले गृहका अधिकारीहरूलाई निर्मला पन्तको न्यायका लागि अहिलेसम्म भइरहेको प्रयासबारे जानकारी गराउन भन्दै उनको न्यायका लागि अधिकतम पहल गर्ने पहिलो निर्णय गर्ने बताए।
गृहका अधिकारीले हस्ताक्षरका लागि ल्याएको फाइललाई तत्काललाई थाती राख्न भन्दै उनले निर्मला पन्तलाई न्याय दिन अधिकतम पहल गर्नेगरी अर्को फाइल उठाउन निर्देशन दिएका थिए।
प्रतिक्रिया लेख्नुहोस्:-