काठमाडौं । प्रचण्ड नेतृत्वको नवगठित मन्त्रिपरिषदको पहिलो बैठक बसेको छ । बैठक सोमबार साँझ सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको हो । आजको बैठकमा सामान्य परिचय मात्र भएको बताइएको छ । आज प्रधानमन्त्रीसहित ८ जना मन्त्रीहरुले सपथ लिएका छन् ।
यो सरकारलाई नेकपा एमाले, माओवादी, रास्वपा, राप्रपा, जसपा, नागरिक उन्मुक्ति र जनमतको समर्थनप्राप्त छ । नेपालको संविधानअनुसार प्रधानमन्त्रीसहित बढीमा २५ सदस्यीय मन्त्रिपरिषद् गठनको प्रावधान भएकाले पछि १७ मन्त्री थप गर्ने प्रधानमन्त्री दाहाललाई सुविधा छ ।
प्रतिक्रिया लेख्नुहोस्:-