काठमाडौं पुस १२। सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाकाे राजनधानीमा जारी स्थायी कमिटि बैठकमा बिहिवार प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीले कमिटि सदस्यहरूले उठाएकाे प्रश्नकाे जवाफ दिएका छन् ।
पार्टी कार्यालय धुम्बारारीमा बसेको बैठकमा झण्डै सभा दुइ घण्टा बाेलेका प्रधानमन्त्री ओलीले प्राय समय सरकारकाे बचाउ गरे । उनले ” पार्टीमा सरकारको आलोचना भए पनि जनताबाट वाहवाही पाएको” दावी गरे । उनले प्रधानमन्त्री र पार्टी अध्यक्ष भइरहेको,अब प्राप्त गर्नुपर्ने केही नरहेको भन्दै नियतबस कुनै गल्ती नगरेकाे बताए ।
सरकारका मन्त्रीहरुले भ्रष्टाचार, अनियमिता नगरेको, बरु प्रधानमन्त्री तहबाट भ्रष्टाचारविरुद्ध स्टिङ अपरेशन चलाइएको, निर्मला हत्या प्रकरणमा सुरुमा केही कमजोरी भए पनि अहिले प्रभावकारी रुपमा छानविन भइरहेको र आवश्यक परेकाहरुको डीएनए टेष्ट गरेर भएपनि दोषी पत्ता लगाउने बताए ।
उनले पार्टीमा दुइ जना अध्यक्ष नै रहने बताए । “म र प्रचण्डले असाधारण शक्ति प्रयोग गरेर भए पनि पार्टी एकता गर्ने निर्णय गरेका हाै र यो ऐतिहासिक भएको छ । ”
यस अधि बैठककाे शुरूमा नेता बामदेव गाैतमले फरकमत प्रस्तुत गर्दै एक जना मात्र अध्यक्ष हुनु पर्ने बताएका थिए । उसै बीच बैठकमा बिमिस्टेक सैन्य अभ्यास र वाइडबडी प्रकरणकाे विषय प्रवेस पाएकाे छ । बैठकको सुरुमा नै भीम रावलले बिमिस्टेक सैन्य अभ्यासबारे सरकारको जवाफ मागे ।
यस्तै अर्का नेता रधुजी पन्तले वाइडबडी प्रकरणबारे कुरा उठाएका थिए । नेता रावलले सैन्य अभ्यासमा भाग लिन्छ भनेर अन्तिममा किन नगएकाे भनेर साेधेका थिए ।
यस्तै नेता पन्तले वाइडबडी प्रकरणमा मन्त्रीले संसदीय समितिमा झुटो बोलेको प्रमाणित भएको भन्दै नैतिकताकाे प्रश्न उठाएका थिए ।
बैठकले साङ्गठनिक एकतालाई यही पुस मसान्तसम्म पूरा गर्ने प्रस्ताव गरिएको छ । ओलीले एकता गर्न बाँकी रहेका कमिटीको एकता पुस मसान्तसम्म गर्ने प्रस्ताव गरेका थिए ।
एकतापछि पार्टीको केन्द्रीय कमिटी र प्रदेश कमिटीसहित इञ्जिनीयरिङ, निर्माण व्यवसायी र कानून व्यवसायी सङ्गठनमा मात्रको एकता भएको छ । जिल्ला कमिटी, स्थानीय तह र जनवर्गीय सङ्गठनको एकता हुन अझ बाँकी नै रहेको छ ।
तस्वीर रासस







प्रतिक्रिया लेख्नुहोस्:-