Wednesday, June 17, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

सरकार जनताको घरघरमा छ, ढुक्क हुनुहोस्, अब भोकै बस्नु पर्दैन, भोकै मर्नु पर्दैन : प्रधानमन्त्री

पुस १३, २०७५ १२:५२ मा प्रकाशित
सरकार जनताको घरघरमा छ, ढुक्क हुनुहोस्, अब भोकै बस्नु पर्दैन, भोकै मर्नु पर्दैन  : प्रधानमन्त्री

z'qmaf/ sf7df8f}df ;+o'Qm 6]«8 o'lgog ;dGjo s]Gb|sf] tf]>f] >d ;+;b sfo{qmdnfO{ ;Daf]wg ub{} k|wfgdGqL s]kL zdf{ jnL . t:jL/ M rGb|snf If]qL, /f;;

Share on FacebookShare on Twitter

काठमाडाैं १३ पुस : प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई सुशासनयुक्त ढङ्गबाट विकासको गतिमा अगाडि बढाइने बताउनुभएको छ ।

संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसी) को तेस्रो श्रम संसद्लाई आज यहाँ सम्बोधन गर्दै उहाँले सरकारले भ्रष्टाचारलाई नियन्त्रण गरी मुलुकलाई समृद्धिको मार्गमा डोर्याउने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, “सुशासन र विकासको तीव्र अभियानमार्फत ‘समृद्ध नेपाल सुखी नेपाली’ राष्ट्रिय उद्देश्य हासिल गर्न सरकार प्रतिबद्ध छ, दुनियाँले सोचेको भन्दा नेपालले फरक ढङ्गबाट तीव्र गतिमा विकास गर्छ ।”

वर्तमान सरकार गठन भएको नौ महीनाको अवधि कानून निर्माणमा खर्चनु परेको उल्लेख गर्दै उहाँले अब मुलुकमा विकासको गति तीव्र रुपमा बढ्ने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, “सरकार जनताको घरघरमा छ, ढुक्क हुनुहोस्, सरकार तपाईंको साथमा छ, जनताको जीवनस्तरमा परिवर्तन देखिने गरी परिवर्तन ल्याउँछौँ ।”

मुलुकमा अब कोही पनि गरीब नहुने प्रस्ट्याउँदै उहाँले श्रमजीवी जनताको हित गर्ने सरकार भएकाले उनीहरुको वृत्तिविकास र आर्थिक स्थिति सुधार गर्न सधैँ सकारात्मक रहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री ओलीले सरकारले हालै घोषणा गरेको योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमले धेरै श्रमिकलाई गरीबीबाट मुक्त गर्ने बताउँदै “अब कोही भोकै बस्नु पर्दैन, भोकै मर्नु पर्दैन, कसैलाई पनि भोकै मर्न दिइँदैन, जाडोले कठ्याङ्ग्रिएर कोही पनि मर्नु पर्दैन, अहिलेको सरकार जनताको सरकार हो, जनताको चाहना सम्बोधन गर्न सरकार तयार छ भन्नुभयो ।”

“हामीले मजदुरको मात्र होइन, उद्योगीको पनि हित हुने गरी कार्यक्रम ल्याएका छौँ” उहाँले भन्नुभयो, “मजदुर र मालिक दुवै पक्षलाई सहमत गराएर ल्याइएको सामाजिक सुरक्षा कार्यक्रम धेरैका लागि नौलो विषय हो ।”

प्रधानमन्त्री ओलीले सरकारले धनीलाई थप धनी हुनबाट रोक्ने नभई गरीबलाई धनी बनाउने योजना बनाएको उल्लेख गर्दै सामाजिक समानताका आधारमा गरीबलाई पनि खान लाउन र दैनिक जीवन सहज रुपमा धान्न पुग्ने गरी कार्यक्रम ल्याउछौँ, सामजिक विभेद हटाउन धेरै समय नलागे पनि सामाजिक समानताका लागि अलिकति समय लाग्छ, तर हामी त्यो अवस्थामा पुग्छौँ भन्नुभयो ।

सरकारले अधिनायकवाद ल्याउँछ भनेर जनतालाई त्रसित पार्न खोजिएकामा आपत्ति जनाउँदै उहाँले आधा शताब्दीभन्दा बढी लोकतन्त्रका लागि आफूले योगदान गरेको स्मरण गराउनुभयो ।

प्रधानमन्त्री ओलीले अधिनायकवादको हल्ला पिटेर जनतालाई आतङ्कित नपार्न सचेत गराउँदै “सरकारले अधिनायकवाद ल्याउँछ भनेर जनतालाई आतङ्कित पार्नु र बालबालिकालाई ‘भूत आयो’ भनेर तर्साउनु उस्तै हो भन्नुभयो ।”

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले श्रमजीवी जनताको जीवनस्तरलाई व्यवस्थित र सुदृढ बनाउन सरकार लागि परेको बताउँदै श्रमसँग सम्बन्धित ऐन कानून संशोधन र निर्माण गर्दै श्रमिकको जीवन रुपान्तरण गर्न सरकार प्रयत्नशील रहेको धारणा व्यक्त गर्नुभयो ।

नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट)का पूर्वअध्यक्ष विष्णु रिमालले प्रत्येक श्रमिकलाई सामाजिक सुरक्षाको प्रत्याभूति गराउँदै यसको प्रभावकारी कार्यान्वयनमा सम्पूर्ण ट्रेड युनियनले सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।

श्रमजीवी वर्गको हकहितको संरक्षण र संवद्र्धन गर्न, ट्रेड युनियन महासङ्घका बीचमा सहकार्य गर्न र श्रमिकका विषयमा एकरुपता कायम गरी साझा धारणा विकास गर्ने उद्देश्यका साथ संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसी) को स्थापना भएको हो ।

प्रत्येक तीन वर्षमा ट्रेड युनियन सम्मेलन र प्रत्येक वर्ष डिसेम्बरको अन्त्यमा श्रम संसद्को बैठक गर्ने व्यवस्था छ ।

रासस

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result