काठमाडौँ पुस १३ । प्रतिनिध सभाकाे बैठकमा नेपाली काँग्रेसका चर्चित युवा नेता एवं सांसद गगन थापाले बाेल्दा बाेल्दै माइक काटिएकाे छ । प्रतिनिध सभा बैठकमा प्रमुख प्रतिपक्षि दलमा सबै भन्दा प्रष्ट र खराे बक्ताकाे रूपमा युवा नेता गगन थापा रहदै अाएका छन । शुक्रवारकाे बैठकमा थापाले कर्मचारी नियमावलीका बारेमा बाेल्दै थिए ।
सभामुखले सांसद थापालाई चार मिनेटको समय दिएका थिए । तर कर्मचारी समायोजन अध्यादेश तत्काल फिर्ता लिन माग गर्दै गर्दा दुइ मिनेट ३५ मिनेटमा थापाकाे माइक काटियाे । त्यस पछि सभामुख कृष्णबहादुर महराले नेकपाका नरबहादुर धामीलाइ बाेल्ने पालाे दिए ।
अाफ्नाे माइक समय नपुग्दै काटिए पछि सांसद थापा कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँड र सचेतक पुष्पा भुषाल भएकाे ठाँउमा पुगेर माइक काटिएकाे बारेमा जानकारी गराएका थिए । त्यस पछि खाँडले घडी बिग्रियाे भन्दै विराेध गरेका थिए । शुरूमा सभामुख महराले गगन थापाले ताेकिएकाे भन्दा धेरै समय बाेलेकाे अडान लिएका थिए, तर पछि मात्र व्यवस्थापनमा कमजाेरी भएकाे स्वीकार गरे ।
उनले संघीय निजमती, प्रदेश र स्थानीय तह ऐन र प्रादेशिक लोकसेवा बनाएको भए अहिले समस्या नहुने उनको तर्क गरे । ‘यस्तो सुल्टो बाटो हिडाउने जिम्मा कसको? सम्माननीय प्रधानमन्त्रीको। त्यसैले प्रधानमन्त्रीलाई भन्यौं, नबोल्नुस् काम गर्नुस्।’
सेवा निवृत्त हुन लागेको सचिव र केही वरिष्ठ कर्मचारीको स्वार्थमा संसद छलेर अध्यादेश आएको उनले आरोप लगाए। अध्यादेशको बारेमा लोकसेवा आयोगले दिएको परामर्श समेत सरकारले लत्याएर अध्यादेश ल्याउनुको तुक नभएको बताए। ‘यहाँ चिन्ता कर्मचारीको होइन सभामुख महोदय, चिन्ता जनताको सेवाको हो,’ उनले भने।







प्रतिक्रिया लेख्नुहोस्:-