काठमाडौं । सरकारको सिफारिसम राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी पुस २५ संघीय संसदको अधिवेशन आह्वान गरेकी छन्
प्रतिनिधिसभाको ज्येष्ठ सदस्यलाई सम्बोधन गर्दै राष्ट्रपति कार्यालयबाट पठाइएको पत्रमा भनिएको छ, ‘नेपालको संविधानको धारा ९३ को उपधारा १ बमोजिम सम्वत् २०७९ साल पुस २५ गते सोमबारका दिन १ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गरेको छु।’
सोमबार मात्रै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री पदको शपथ लिएका थिए । संसद आह्वान भएसँगै प्रचण्डले विश्वासको मत लिने प्रक्रिया सुरु हुनेछ ।







प्रतिक्रिया लेख्नुहोस्:-