काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नेतृत्वमा बनेको नयाँ सरकारका माधव नेपाललाई पनि सहभागी हुन वामदेवले आग्रह गरेका छन् ।
मंगलबार एकीकृत समाजवादीका अध्यक्ष नेपालसहितका नेतालाई भेटेर राष्ट्रिय एकता अभियानका संयोजक गौतमले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुन आग्रह गरेका हुन् ।
भेटपछि गौतमले भनेका छन्, ‘अहिले प्रधानमन्त्री प्रचण्ड बन्ने गरी केपी ओलीसँगको गठबन्धनमा नेकपा माओवादी केन्द्र सामेल भएको छ । एकीकृत समाजवादी किन छुट्यो त, यो छुट्न हुँदैन । छुट्यो भने ऐतिहासिक भूल हुन्छ । नेताहरु कुनै माग नै नराखीकन जानुपर्छ ।’
एकीकृत समाजवादीका अध्यक्ष नेपालले मंगलबार नै पार्टी कार्यालयमा आयोजित एक कार्यक्रममा आफूहरुलाई थाहा नै नदिइकन प्रचण्ड सरकारमा सहभागी भएको भन्दै उनको यो व्यवहारबाट दुःखी भएको गुनासो गरेका थिए ।
क
प्रतिक्रिया लेख्नुहोस्:-