Wednesday, June 17, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

भनिन्छ : गाउँ गाउँमा सिंहदरवार तर  ८० रूपैया विजुली विल तिर्न  तिर्न दुई हजार खर्च

पुस १४, २०७५ ४:४८ मा प्रकाशित
Share on FacebookShare on Twitter

डोटी ।  जिल्लास्थित दुर्गम स्थानीय तहका वासिन्दा ८० को विद्युत् महसुल तिर्न र दुई हजार भन्दा बढी रकम खर्च गर्न बाध्य भएका छन् ।

जिल्लाका ग्रामीण क्षेत्रमा विद्युत् महसुल तिर्ने काउण्टर नभएका कारण सेवाग्राहीलाई न्यूनतम रकम तिर्न घण्टाैँ टाढा हिँडेर र गाडीको यात्रा गरी जिल्ला सदरमुकाम सिलगढी तथा पुरानो क्षेत्रीय सदरमुकाम दिपायल पुग्नुपर्ने बाध्यता छ । शिखर नगरपालिका–१ कपल्लेकी सेवाग्राही दीर्घबहादुर ऐरले भन्नुभयो, “गाउँमा तीन महिनामा एक पटक विद्युत््को मिटर रिडिङ हुने गरेको छ । ती तीन महीनाको रू ८० देखि १०० मात्रै बिलको रकम आउने गरेको छ ।”

त्यसरी आएको बिलको भुक्तानीका लागि ग्रामीण क्षेत्रबाट पुरानो क्षेत्रीय सदरमुकाम दिपायल जानुपर्ने हुँदा दुई हजारभन्दा बढी रकम खर्च हुने गरेको मुडभाराका सेवाग्राही गणेश महराले गुनासो गर्नुभयो । “बिलको रकम कमै हुन्छ, त्यो रकम तिर्न घण्टौँ हिँडेर दिपायल जानुपर्छ, गाडी भाडा रु ५०० र होटेलमा बास बसेको खाना खाएको गरी कूल रु दुई हजारभन्दा बढी रकम खर्च हुने गर्दछ”, उहाँले भन्नुभयो, “एकै दिनमा विद्युतकाे बिल भुक्तानी गर्न नसकिने र पालो कुर्नुपर्ने अवस्थाका कारण सेवाग्राहीलाई झनै समस्या हुने गरेको छ ।”

जिल्लाका ग्रामीण क्षेत्र कपल्लेकी, मुडभारा, सानागाउँ, गोपघाटलागयत क्षेत्रमा विगतमा विद्युत् महसुल बुझाउने काउण्टर खोलिएका भए पनि विद्युत्् कार्यालयले कमचारी अभाव भएको भन्दै सबै काउण्टर दिपायल र सिलगढी सारेपछि सेवाग्राहीलाई समस्या भएको हो । दिपायलस्थित विद्युत् सवस्टेसन प्रमुख भरत द्वारीयाले कर्मचारी अभाव भएकाले गाउँमा भएका काउण्टर दिपायल तथा सिलगढी सार्नुपरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “कर्मचारीको अभाव भयो काउण्टर सार्नुप¥यो, क्षेत्रीय अफिस अत्तरियाले नयाँ कर्मचारी राख्न आदेश दिएको छैन, ग्राहकलाई समस्या भएको छ ।” यहाँका ग्रामीण क्षेत्रमा विद्युत् महसुल बुझाउने काउण्टर विस्थापित गरिएपछि सेवाग्राहीलाई महशुल बुझाउनका लागि निकै झण्झट र खर्च बढेको गरेको शिखर नगरपालिका–१ का वडाअध्यक्ष खडकबहादुर शाहीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “विद्युत् महसुल बुझाउनका लागि सेवाग्राहीलाई समस्या भएकाले हामीले पुनः काउण्टर राख्न पहल गरिरहेका छौँ ।” रु ८० बिल तिर्न रु दुई हजार बढी खर्च हुन थालेपछि डोटीका सेवाग्राही विद्युत् कार्यालयसँग आक्रोशितसमेत बनेका छन् ।

रासस

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result