न्यु याेर्क । उत्तर अमेरिकामा रहेका आफ्नाे समुदायका सदस्यहरूलाई आपत्तकालिन अवस्थामा सहयाेग गर्न तामाङ साेसाइटी अफ नर्थ अमेरिकाले ५० हजार अमेरिकी डलरकाे आपत-विपत कोष बनाएकाे छ ।
काेषका लागि साेसाइटीले एक सय जना सँग प्रति व्यक्ति पाँच सय डलर चन्दा संकलन गर्ने र उनीहरूलाई काेषकाे सस्थापक भन्ने अभियान शुरू गरेकाे छ । याे अभियानमा अहिले सम्म ५३ जना जाेडिएका छन् । साेसाइटीका अध्यक्ष लक्यान लामा अनुसार काेषमा लक्ष्य गरिए भन्दा धेरै रकम जम्मा हुने देखिएकाे छ ।
‘साेचे भन्दा राम्राे गरी समुदायका साथीहरू याे अभियानमा जाेडिनु भएकाे छ, म आफै भारतकाे मिरिकमा डिसेम्बरमा भएकाे चाैथाे अन्तराष्ट्रिय तामाङ सम्मेलनमा जानु परेकाले केही ढिलाे भएकाे हाे, शुरूमा हामीले ५० हजार अमेरिकी डलरकाे लक्ष्य बनाएका थियाै तर अहिले एक लाख डलर नै पुग्ने देखियाे ।’ उत्साहित हुदै लामाले भने ।
काेषमा संकलन भएकाे रकम उत्तर अमेरिकमा बसाेबास गर्ने तामाङ समुहदायहरू ठूलै दुर्धटनामा परेमा वा कुनै ठूलाे राेग लागेमा, स्वास्थ विमा नभएका र विमा भएर पनि करभेज नहुने अवस्था भएकाहरूका लागि खर्च गरिने छ । त्यस्ता अवस्थामा तत्काल पाँच हजार डलर सहयाेग गरिने छ ।
लामा भन्छन ‘ कतिपय सँग स्वास्थ विमा नै हुदैन भएकाकाे पनि कतिपय अवस्थामा विमाले पुरा कभरेज गर्दैन त्यस्ता अवस्थामा एक जनालाई पाँच हजार डलर सम्म सहयाेग गर्छाै, त्यस्तै कसैकाे कमदकदाचित निधन भयाे, कतिपय अवस्थामा सव नेपाल नै लैजान पर्ने हुन्छ त्याे बेला पनि सहयाेग गर्नु पर्ने हुन्छ ।’
उत्तर अमेरिकामा रहेका तामाङहरूलाई आफु सुरक्षित छु भन्ने महशुश गराउनु साेसाइटीकाे उद्देश्य रहेकाे अध्यक्ष लामाकाे भनाइ छ । ‘तत्कालकाे लागि पाँच हजार हाे, परिस्थिति हेरेर त्याे भन्दा धेरै लाग्ने रहेछ भने पनि हामी साेही अनुसार समाज भित्र पुन सहयाेगका लागि आह्वान गर्छाै, समाज भनेकै सुख दुखका लागि हाे ।’
काेष सञ्चालनका लागि साेसाइटीका बरिष्ठ उपाध्यक्ष शेर लामाकाे संयाेजकत्वमा रहेक च्याप्टरबाट चार चार जना प्रतिनिधि र च्याप्टर नभएकाे स्थानमा केन्द्रले मनाेनित गरेका व्यक्तिकाे सहभागितामा एउटा समिति बनाइने छ । साेही समिहतिकाे सिफारिसकाे आधारमा सहयाेग गरिने छ । बैकिङ्ग काराेवार शेर लामा, अध्यक्ष लक्यान लामा र काेषाध्यक्ष नाम्गेल लामाले संयुक्त रूपमा गर्ने छन् ।
त्यसाे त गैर तामाङले पनि याे काेषबाट तत्काल राहत पाउन सक्ने छन तर पछि साे रकम फिर्ता गर्नु पर्ने छ । अध्यक्ष लामा भन्छन ‘ मानवीय सहयाेग हाे, अन्य समुदायलाइ पनि हामी सस्थागत रूपमा आएमा दिन्छाै । तर उहाँहरूले एक महिना भित्र फिर्ता गर्नु पर्दछ ।’
काेषकाे पारित कार्यविधि अनुसार ५० हजार डलर स्थायी हुने छ । त्याे रकम बढी रकम अमेरिका भन्दा बाहिर रहेका तामाङ समुहदायकाे हितमा खर्च गरिने छ । ‘हामी विषेशत शिक्षामा जाेड दिएका छाै, त्यसै अनुसारकाे प्राेजेक्ट ल्याउछाै, तामाङ विद्यार्थीकाे उच्च शिक्षाका लागि छात्रवृद्दि, विद्यालय लगायतका नेपाल, भारत वा अन्यत्र जहाँ तामाङ छन त्यहाँ खर्च गर्दछाै ।’







प्रतिक्रिया लेख्नुहोस्:-