Wednesday, June 24, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

क्षयरोग केन्द्र र नगरपालिकाबीच सम्झौता

चैत्र ७, २०७४ ४:०३ मा प्रकाशित
Share on FacebookShare on Twitter

भक्तपुर, ७ चैत/ मध्यपुरथिमि नगरपालिका र राष्ट्रिय क्षयरोग केन्द्रबीच मंगलबार छ बुँदामा सम्झौता भएको छ ।
नगरपालिकामा भएको सम्झौतामा केन्द्रले कुनै पनि पदमा कर्मचारी करारमा भर्ना गर्दा नगरपालिकाका बासिन्दालाई ५० प्रतिशत दरबन्दी दिने सहमति भएको छ ।

त्यसैगरी केन्द्रबाट स्थानीयस्तरमा स्वास्थ्य तथा वातावरणीय क्षेत्रमा पर्ने प्रभाव र सोको न्यूनीकरणका लागि पूर्व सजगता र सावधानी अपनाउने सहमति भएको छ । सरकारले उपलब्ध गराएको निःशुल्क उपचारबाहेक शुल्क लाग्ने सेवा र अन्तरङ्ग सेवामा भक्तपुर जिल्लाका बासिन्दाका हकमा २५ र मध्यपुरथिमिका बासिन्दाका हकमा ७५ प्रतिशत छुट दिइने छ ।

क्ष् केन्द्रले हाल भोगचलन गरेको जग्गाको नगरपालिकाले आवश्यक व्यवस्थापन गर्ने, अस्पताल व्यवस्थापनमा आवश्यक सहयोग, निर्देशन तथा अनुगमन गर्ने तथा अस्पताल सञ्चालनमा समन्वय र सहकार्य गर्ने सहमति भएको छ । नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठ र र केन्द्रका निर्देशक डा केदारनरसिंह केसीले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको छ ।

अस्पताल जोगाउन हारगुहार

सरकारी अस्पतालका रुपमा रहेको भक्तपुर अस्पताल जोगाउन जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलालले स्थानीयवासीसँग हारगुहार गर्नुभएको छ । जिल्लामा आयोजित एक सार्वजनिक कार्यक्रमबाटै उहाँले भन्नुभयो, “भक्तपुर अस्पताल अस्पताल जस्तै छैन, यसले राम्रो सेवा नदिँदा भक्तपुरका बासिन्दाको विश्वास जित्न सकेन, त्यसैले भक्तपुरका बासिन्दा उपचार गर्न नाकै अगाडिको अस्पताल छाडेर काठमाडौँ जान्छन्, यो अस्पताल भक्तपुरका बासिन्दाको हो, यसलाई जोगाउन, यसको सेवा सुधार गर्न अब भक्तपुरका बासिन्दा अग्रसर हुनुहोस् ।”

अस्पताल व्यवस्थापन समितिका पूर्वअध्यक्षसमेत रहनुभएका गेलालले आफू अध्यक्ष हुँदा धेरै धाएर मन्त्रालयबाट सघन उपचार कक्ष (सञ्चालनका लागि रु डेढ करोडको बजेट ल्याए पनि अहिलेसम्म सञ्चालनमा नआएको बरु प्राविधिक सामान र यन्त्र थन्किएकामा दुःख व्यक्त गर्नुभयो ।

सघन उपचार कक्ष नभएकै कारण कैयाँै बिरामी निजी अस्पतालमा उपचारका लागि जाने गरेको र प्रसूति सेवासमेत अहिले लथालिङ्ग भएको उहाँले बताउनुभयो ।

वीर अस्पतालपछिको पुरानो अस्पतालका रुपमा रहेको सो अस्पतालमा हाल ७५ शय्या छन् । तीन शय्याको सघन उपचार सेवा सञ्चालनका लागि आवश्यक ठाउँ र सामग्री तयारी अवस्थामा छ । भक्तपुर अस्पताल प्रशासन भने सघन उपचार सञ्चालनका लागि आवश्यक जनशक्ति अभावका कारण सेवा शुरु गर्न नसकेको भन्दै पन्छिँदै आएको छ । रासस

सम्बन्धित समाचार

तलब खुवाउन नसकेकै कारण वीरका कर्मचारी हटाएको स्वास्थ्यमन्त्रीको प्रष्टीकरण
ट्रेन्डिंग न्यूज्

स्वास्थ्य क्षेत्रमा दरबन्दी बढाउने मन्त्री बस्नेतको प्रतिवद्धता

पछिल्लो २४ घण्टामा ६ हजार ८२७ जना कोरोना थपिए, १० को मृत्यु
समाचार

पहिलोपटक ७ जनामा कोरोनाको जेएन–१ भेरियन्ट पुष्टि

त्रिविले ४९औँ दीक्षान्त भव्य रुपमा मनायो
ट्रेन्डिंग न्यूज्

त्रिविले ४९औँ दीक्षान्त भव्य रुपमा मनायो

नेपालमै भएका शिक्षा र अवसरलाई प्रयोग गर्ने प्रधानमन्त्री प्रचण्डको अपील
Breaking News

नेपालमै भएका शिक्षा र अवसरलाई प्रयोग गर्ने प्रधानमन्त्री प्रचण्डको अपील

कोरोना संक्रमण अध्यधिक बढ्न थालेपछि सिंहदरवार प्रवेशमा कडाइ यसअघि जारी गरिएका सबै प्रवेश पास खारेज (विज्ञप्तिसहति)
ट्रेन्डिंग न्यूज्

सरकार र आन्दोलनरत चिकित्सकबीच वार्ता जारी

शिक्षक महासंघसँग भएको सहमतिलाई कार्यान्वयन गर्ने काम सांसदको हो :  शिक्षामन्त्री राई
मुख्य समाचार

शिक्षक महासंघसँग भएको सहमतिलाई कार्यान्वयन गर्ने काम सांसदको हो : शिक्षामन्त्री राई

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result