काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आज ४९औँ दीक्षान्त समारोह सम्पन्न गरेको छ । आज १२ हजार चार सय १५ विद्यार्थी दीक्षित भएका छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा प्रधानमन्त्री एवं कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाट उनीहरु दीक्षित भएका हुन् ।
दीक्षित हुने विद्यार्थीहरुमा स्नातक तहतर्फ ८ हजार ९८ जना, स्नातकोत्तर तहतर्फ ४ हजार एक सय चार, एमफिलतर्फ ४४ तथा विद्यावारिधितर्फ एक सय १२ जना रहेका छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-