काठमाडौं । सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरी थाङपाल–७ तिपेनीमा सुख्खा पहिरो खस्दा इन्द्रावती नदी थुनिएको छ।
तिपेनीस्थित क्षेत्रीय अस्पतालको माथिल्लो भागबाट खसेको सुख्खा पहिरोले नदी थुनिएको नेपाली सेनाले जनाएको छ।
पहिरोका कारण थुनिएको नदी एक्कासी खोलिएमा बाढी आउन सक्ने भन्दै सुरक्षित रहन स्थानीय प्रशासनले आग्रह गरेको छ।
जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले सूचना जारी गरी पाँचपोखरी थाङपाल गाउँपालिका वडा नं.७, ८ तथा मेलम्ची नगरपालिका वडा नं. ७, ९, ११, १२, १३ र इन्द्रावती गाउँपालिका १०, ११ र १२ लगायतका तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीय बासिन्दाहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
प्रतिक्रिया लेख्नुहोस्:-