काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले नेपाल शिक्षक महासँघसँग भएको छ बुँदे सहमति कार्यान्वयन सार्वभौम संसद्का सदस्यको हातमा रहेको बताएका छन् ।
शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल ९एनसिइ० को २० औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा मन्त्री राईले संसद्मा दर्ता भइसकेको विद्यालय शिक्षासम्बन्धी विधेयकमा सम्बोधन हुनुपर्ने विषय संसद्ले गर्ने स्पष्ट गरे ।
उनले सोका लागि सरकारले सहजीकरण गर्ने बताए। कार्यक्रममा नेपाली कांग्रेसका नेता बद्री पाण्डेले संसद्मा पुगेको विधेयकबारे सम्बन्धित समितिले गम्भीर छलफल गरेर सहमतिका आधारमा निष्कर्ष निकाल्ने बताए ।
प्रतिक्रिया लेख्नुहोस्:-