काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले २०५४ देखि स्वास्थ्य क्षेत्रमा दरबन्दी नबढाएकाले समस्या आएको बताएका छन् ।
मन्त्री बस्नेतले शुक्रबार मेची आँखा अस्पतालको २७ औं वार्षिकोत्सवका अवसरमा शुक्रबार झापामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै वर्तमान सरकारले स्वास्थ्य क्षेत्रमा आवश्यक कर्मचारी परिपूर्ति गर्न दरबन्दी बढाउदै लैजाने बताए ।
उनले अहिले ९२ हजार स्वास्थ्यकर्मी आवश्यक भएपनि २८ हजार जनशक्ति मात्र रहेको बताए । ३२ हजारको जनशक्ति तत्काल परिपूर्ति गर्ने गरि प्रक्रिया अघि बढेको उनको भनाइ छ ।
प्रतिक्रिया लेख्नुहोस्:-