Tuesday, July 28, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

विद्यालयलाई एक करोड ३३ लाख सहयोग

बैशाख २, २०७५ १०:५१ मा प्रकाशित
विद्यालयलाई एक करोड ३३ लाख सहयोग
Share on FacebookShare on Twitter

बाबियाचौर, म्याग्दी, २ वैशाख / रघुगंगा गाउँपालिका–१ बेगमा रहेको महादेव माविलाई प्रवासमा रहेका पूर्व विद्यार्थीको पहलमा रु एक करोड ३३ लाख आर्थिक सहयोग प्राप्त भएको छ ।

विद्यालयको ५० औँ स्थापना दिवसको अवसरमा नेपाल, बेलायत, हङ्कङ, कोरिया, जापान, अमेरिका, साउदी, कतारका साथै पोखरा, काठमाडाँैमा रहेका पूर्व विद्यार्थीले संकलन गरेको रु एक करोड ३३ लाख शनिबार उपलब्ध गराइएको हो ।

स्वर्ण जयन्तीको अवसरमा विद्यालयमा आयोजित कार्यक्रममा बेगखोला कल्याणकारी समाजका अध्यक्ष योगकुमार फगामीले महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापामार्फत व्यवस्थापन समितिका अध्यक्ष नरसिङ पुनलाई सो रकम उपलब्ध गराउनुभयो ।

विसं २०२५ मा औपचारिक रुपमा स्थापना भएको विद्यालयको भवन पुरानो र जीर्ण भएकाले सुविधा सम्पन्न भवन निर्माण र गुणस्तर सुधार गर्ने उद्देश्यले सञ्चालित सहयोग संकलन अभियान जारी रहेको एनआरएनए बेलायतका अध्यक्षसमेत रहनुभएका फगामीले बताउनुभयो ।

स्वर्ण जयन्तीको अवसरमा मन्त्री थापाले विद्यालय भवनको शिलान्यास गर्नुभयो । कक्षा कोठा, कम्प्युटर, प्रयोगशाला, पुस्तकालय, प्रशासनिक कक्षसहितको १५ कोठे भवन निर्माण गर्ने योजना रहेको छ । कक्षा १० सम्म पठनपाठन हुने विद्यालयमा हाल १७० जना विद्यार्थी अध्ययनरत रहेका प्रअ धनबहादुर फगामी (विनोद)ले बताउनुभयो ।

यसअघि विद्यालयमा कम्प्युटर कक्षा सञ्चालन, निजी स्रोतका शिक्षकलाई तलब, उत्कृष्ट शिक्षक, विद्यार्थीको प्रोत्साहनका लागि प्रवासीले रु ३२ लाखको अक्षयकोष स्थापना गरेका थिए । यसैगरी बेगखोला घर भई हाल बेलायतमा बस्दै आउनुभएका पदमबहादुर पुर्जाले नौ थान ल्यापटप सहयोग गर्नुभएको छ । उहाँले यसअघि पाँच थान ल्यापटप उपलब्ध गराउनुभएको थियो ।

प्रवासमा रहेका बेगखोलावासीको अगुवाइमा चार वर्षअघि रु एक करोड २५ लाखको लागतमा बेगखोला बेग र तिप्ल्याङ बादुक सडक निर्माण भएको थियो । स्वर्ण जयन्तीको उद्घाटनपछि मन्त्री थापाले गाउँको विकासका लागि प्रवासमा रहेका बेगखोलावासीले उदाहरणीय काम गरेको बताउनुभयो ।
स्वर्ण जयन्तीको अवसरमा चन्दादाता, पूर्व प्रध्यानाध्यापक र व्यवस्थापन समितिका पूर्व अध्यक्षलाई सम्मान गरिएको थियो ।रासस

सम्बन्धित समाचार

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !
Breaking News

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अमेरिका समाचार

तेलभिसा अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अन्तर्वार्ता

सान्फ्रान्सिस्कोमा ५ दिने कन्सुलर सेवा शुरू

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिका गठन, अध्यक्षमा खनाल
अमेरिका समाचार

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिका गठन, अध्यक्षमा खनाल

शनिवार हुने ‘पहिलो गोल्डेन नेपाली फिल्म अवार्ड’ को सम्पूर्ण तयारी पुरा
Breaking News

शनिवार हुने ‘पहिलो गोल्डेन नेपाली फिल्म अवार्ड’ को सम्पूर्ण तयारी पुरा

Breaking News

स्टानफोर्ड विश्वविद्यालयले विश्व साइकल यात्री पुष्कर शाहको ‘घुँडाको अनुसन्धान गर्दै’

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result