Thursday, April 16, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

शनिवार हुने ‘पहिलो गोल्डेन नेपाली फिल्म अवार्ड’ को सम्पूर्ण तयारी पुरा

सबैलाई उपस्थित हुन आग्रह

पुस ५, २०८१ १२:२४ मा प्रकाशित
शनिवार हुने ‘पहिलो गोल्डेन नेपाली फिल्म अवार्ड’ को सम्पूर्ण तयारी पुरा

Screenshot

Share on FacebookShare on Twitter

स्यानफ्रान्सिस्को/क्यालिफोर्निया

डिसेम्बर २१ शनिवार स्यानफ्रासिस्को वे एरियाको रिचमण्डमा हुने ‘पहिलो गोल्डेन नेपाली फिल्म अवार्ड कार्यक्रम २०२४’ को तयारी पुरा भएको आयोजकले जानकारी दिएका छन् ! सो अवार्डमा सहभागी हुन नेपालका ख्याती प्राप्त पुराना तथा नयाँ दर्जनौं सिने कलाकारहरु स्यानफ्रान्सिस्को आइपुगेका छन ।

फिल्म अवार्ड आयोजक गोल्डन स्टेट मुभी मेकर एलएलसीका अध्यक्ष यज्ञलाल श्रेष्ठले शनिवार हुने अवार्ड कार्यक्रमको लागि नेपालवाट निम्त्याइएका प्राय सबै कलाकारहरु आइपुगेको जानकारी दिए।

श्रेष्ठका अनुसार कार्यक्रममा सहभागी हुन नेपाली सिनेजगतका सदावहार नायकहरु शिव श्रेष्ठ, भुवन केसी, सुपरस्टार अनमोल केसी, बरिष्ठ अभिनेता नीर शाह, सुनील थापा आइपुगेका छन् भने चर्चित हास्य कलाकारहरु दीपाश्री निरौला, जीतु नेपाल केदार घिमिरे, नायिकाहरु केकी अधिकारी, आँचल शर्मा, नीति शाह, रिमा विश्वकर्मा आइपुगेका छन्
अवार्ड कार्यक्रममा सर्वोत्कृष्ट नेपाली चलचित्र, सर्वोत्कृष्ट नायक/नायिका, खलनायक, लगायतका दर्जनौं विधाहरुमा अवार्ड वितरण गरिने र निभिन्न सॉस्कृतिक एवं हास्यब्यंगका लाइभ प्रस्तुती हुने जानकारी आयोजकले दिएका छन् विभिन्न विधाहरुमा दिइने अवार्ड छनोट प्रकृयाको लागि नेपालमा जुरी टोली केही महिना अघि नै बनाइएको जानकारी दिइएको थियो थियो ।

दुरविनसंग कुराकानी गर्दै बरिष्ठ अभिनेता सुनील थापाले शनिवार उपस्थित भएर नेपाली सिनेमा र कलाकारलाई हौसला दिन बे एरियाका नेपालीलाई आग्रह गरेका छन् । त्यसैगरी नायक एवं हास्यकलाकार जीतु नेपाल र केदार घिमिरेले पनि शनिवार हुने अवार्ड कार्यक्रममा नेपालीहरुको उत्साहपूर्ण उपस्थिति हुने अपेक्षा गरेको बताउँदै कार्यक्रम ‘मिस’ नगर्न अनुरोध गरेका छन्

अवार्ड कार्यक्रमका संयोजक यज्ञलाल श्रेष्ठले फिल्म अवार्ड कार्यक्रममा सहभागी हुन अमेरिकाका सबै नेपालीलाई आग्रह गर्दै भने.-“यो कार्यक्रम अमेरिका बस्ने हामी सबैको नेपाली र चलचित्र क्षेत्रलाई माया गर्ने सबैको साझा कार्यक्रम भएकाले सम्पूर्ण नेपालीलाई उपस्थित हुन अनुरोध गर्दछु”

कार्यक्रम तालिका अनुसार शनिवार बेलुकी साँझ ६ बजे रिचमण्ड अडिटोरियममा अवार्ड कार्यक्रम शुरु हुनेछ भने भोलीपल्ट डिसेम्बर २२ गते विहान १०:३० बजे नेपाली कलाकारको साथमा बर्कलीस्थित ओनिल पार्कवाट ‘नेपाल परेड’ हुनेछ । परेडमा नेपाली कला संस्कृति भेषभुषा र पहिरन सहितको विशेष झाँकीका साथ मार्चपास गरिनेछ । डिसेम्बर २२ वेलुकी ७ बजेबाट १० बजेसम्म कलाकारहरुको साथमा क्रुजपार्टीको आयोजना गरिएको छ ।

गोल्डेन नेपाली फिल्म अवार्ड कार्यक्रममा सर्वश्रेष्ठ नामकहरु शिव श्रेष्ठ, भूवन केसी, वरिष्ठ अभिनेता नीर शाह, सुनील थापा लगायत नयाँ पुस्ताका नायक दयाहाङ राई, अनमोल केसी, नायिकाहरु आँचल शर्मा, केकी अधिकारी, हॉस्य कलाकार हरु जीतु नेपाल, केदार घिमिरे लगायतका दर्जनौं कलाकारहरुको जोडदार प्रस्तुती रहने बताइएको छ

सम्बन्धित समाचार

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

राष्ट्रपति र प्रधानमन्त्रीलेबाटै खर्च कटौती सुरु गर्नुपर्छ : महामन्त्री थापा
Breaking News

सभापति थापालाई जनसम्पर्क समिति क्यालिफोनियाद्वारा बधाई !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result