Saturday, June 27, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

सम्मानजनक, समानतामा आधारित र न्यायोचित प्रारुपमा एकता : अध्यक्षद्वय

बैशाख ९, २०७५ ३:१८ मा प्रकाशित
सम्मानजनक, समानतामा आधारित र न्यायोचित प्रारुपमा एकता : अध्यक्षद्वय

k|wfgdGqL cf]nL / cWoIf bfxfn g]kfn sDo'lgi6 kf6L{sf] ^( cf}+ :yfkgf lbj;sf] cj;/df cfOtaf/ sf7df8f}Fdf kf6L{ Pstf ;+of]hg ;ldltn] cfof]hgf u/]sf] sfo{qmddf ;xefuL x'g'ePsf k|wfgdGqL s]kL zdf{ cf]nL / g]skf -dfcf]jfbL s]Gb|_ sf cWoIf k'iksdn bfxfn …k|r08Ú . t:jL/ M gjLg kf}8]n, /f;;

Share on FacebookShare on Twitter

काठमाडौँ, ९ वैशाख / नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीचको पार्टी एकतालाई सम्मानजनक, समानतामा आधारित र न्यायोचित प्रारुपमा अगाडि बढाउने सहमति भएको खुलासा भएको छ ।

विश्व सर्वहारा वर्गका नेता भ्लादिमिर लेनिनको १४८ औँं जन्मजयन्ती तथा नेपाल कम्युनिष्ट पार्टीको ६९औँ स्थापना दिवस (२२ अप्रिल) का अवसरमा पार्टी एकता संयोजन समितिले आज यहाँ आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै दुवै पार्टीका अध्यक्षले सो सहमति भएको बताउनुभएको हो ।

पार्टी एकतालाई कसैले पनि रोक्न नसक्ने भन्दै उहाँहरुले आम जनता, पार्टी कार्यकर्ता र नेताहरुको भावनालाई सम्बोधन गर्दै निकट भविष्यमा पार्टी एकता घोषणा गर्ने दाबी गर्नुभएको हो ।

प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले भन्नुभयो, “असम्मानजनक, विभेद र अन्यायको अवस्थामा एकता हुँदैन, सम्मानजनक आधारमा मात्र एकता हुन्छ ।”

पार्टी एकताका विषयमा सन्देह नगर्न आग्रह गर्दै उहाँले भन्नुभयो, “एकता हुन रोक्नुपर्ने कुरा छैन, एकता रोक्नुपर्ने कारण र तर्क केही पनि छैन, एकता निकट भविष्यमा हुन्छ ।” विगतमा भएका गल्ती नदोहो¥याउने प्रतिबद्धता व्यक्त गर्दै अध्यक्ष ओलीले भन्नुभयो, “एकताबाट पछाडि फर्कने होइन, अब गल्ती गर्दैनौँ, नयाँ ढंगले अगाडि बढ्नेछौँ ।”

शान्तिपूर्ण ढंगले प्रतिस्पर्धात्मक बहुदलीय राजनीतिबाट संघीय लोकतान्त्रिक प्रणालीमा अगाडि बढ्ने विषयमा आफूहरु स्पष्ट रहेको उहाँले बताउनुभयो । सामाजिक न्याय, समानतामा आधारित समाज निर्माणमा दुवै पार्टी एकता प्रक्रियामा अगाडि बढेको उल्लेख गर्दै अध्यक्ष ओलीले आफूहरु नीतिगतरुपमा नै सहमत भएको स्पष्ट पार्नुभयो । राजनीतिक अधिकार प्राप्त भइसकेको उल्लेख गर्दै उहाँले समृद्धिको मुद्दामा एकताबद्ध भएर अगाडि बढ्ने धारणा राख्नुभयो ।

सोही अवसरमा माओवादी केन्द्रका अध्यक्ष दाहालले सम्मानजनक, समानतामा आधारित र न्यायोचित परिस्थितिमा पार्टी एकता गर्ने अध्यक्ष ओली र आफूबीच सहमति भएको खुलासा गर्नुभयो । एकताको ढाँचा तयार गरेर अगाडि बढेको जानकारी दिँदै उहाँले भन्नुभयो, “पार्टी एकता महत्वपूर्ण विषय हो, त्यसैले सबैको ध्यान त्यसतर्फ छ, यस विषयमा एकअर्काले सम्मान गर्नैपर्छ ।”

एकअर्का पार्टीका नेताले संवेदनशीलतालाई बुझ्नुपर्ने बताउँदै अध्यक्ष दाहालले भन्नुभयो, “एकअर्का पार्टीका नेताले एक अर्काको संवदेनशीलतालाई बुझिदिनुपर्छ, त्यसो भए सबै विषय ठिकसँग अगाडि बढ्छ ।”

सामूहिक बलबाट नयाँ संकल्पका साथ एकतालाई निष्कर्षमा पु¥याएर राष्ट्रिय एकताको भावमा अगाडि बढिने बताउँदै उहाँले जनता, कार्यकर्ता र विश्वजनमतको घेरामा रहेको एकता प्रक्रियालाई निष्कर्षमा पु¥याइने बताउनुभयो । अध्यक्ष दाहालले कम्युनिष्ट भित्रको फुटबाट विरोधीले लाभ लिने गरेको भन्दै अबका दिनमा त्यस्तो हुन नदिने प्रतिबद्धता जनाउनुभयो ।

देशमा विकास र समृद्धि आवश्यक भए पनि विगतमा राजनीतिक अस्थिरताका कारण त्यसतर्फ मुलुक अगाडि बढ्न नसकेको भन्दै अध्यक्ष दाहालले प्रकृतिले दिएको बरदानलाई सदुपयोग गरेर अगाडि बढ्ने विश्वास दिलाउनुभयो । राजनीतिक परिवर्तन र सामाजिक रुपान्तरणको प्रक्रियालाई निरन्तरता दिन आगामी दिनमा बलियो कम्युनिष्ट पार्टी बनाएर अगाडि बढाइने अध्यक्ष दाहालको भनाइ थियो ।रासस

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result