Sunday, June 28, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

नेपाल र बंगलादेशबीच साहित्यिक सम्बन्धमा जोड

बैशाख १९, २०७५ ११:५१ मा प्रकाशित
नेपाल र बंगलादेशबीच साहित्यिक सम्बन्धमा जोड
Share on FacebookShare on Twitter

वैशाख १९ गते, काठमाडौँ । साहित्य र संस्कृतिको आदानप्रदानमार्फत् नेपाल र बंगलादेशबीच रहेको साहित्यिक, सांस्कृतिक सम्बन्धलाई अझ मजवुद बनाउन हालै ढाकामा विशेष साहित्यिक कार्यक्रमको आयोजना गरियो ।
कार्यक्रमका प्रमुख अतिथि बंगलादेशका उपसभामुख मो. फैजल रब्बी मियाले नेपाल र बंगलादेशबीचको वर्षौँदेखिको अटुट सम्बन्धको जगलाई दुई देशको साहित्य र संस्कृतिले बलियो बनाएको उल्लेख गर्नुभयो ।
सो अवसरमा नेपाल स्रष्टा समाजका कोषाध्यक्ष, गीतकार पुष्पा खनालको म्युजिक भिडियो “यो आँखाको पानीलाई” सार्वजनिक गरिएको थियो ।
कार्यक्रममा बंगलादेशका कविहरु मोहम्मद नुराल हुडा, हबिबुल्लाह सेराजी, प्रा. डा. दिलारा हाफिस, रविउल हुसेन, मुस्तफा मजिद, अफ्रुजा सुल्ताना तथा नेपालका साहित्यकारहरु नगेन्द्रराज शर्मा, मञ्जुुल, सुस्मिता नेपाल, प्रा. डा. कुसुमाकर न्यौपाने, पुष्पा खनाल, मोहन चापागाई, नवराज पुडासैनी तथा सरस्वती शर्मा जिज्ञासु र नेपाली दूतावासका उप–प्रमुख धनबहादुर ओलीले आ–आफ्ना रचनाहरु वाचन गर्नुभएको थियो ।
कार्यक्रममा बंगलादेशका लागि नेपाली राजदूत प्रा. डा. चोपलाल भुसालले दुई देशबीचको सामाजिक, सांस्कृतिक समानता कारण घनिष्ठ सम्बन्ध रहि आएको उल्लेख गर्नुभयो ।
वरिष्ठ कवि मञ्जुलले बंगलादेशी साहित्यकार तथा यहाँका जनताहरु धेरै सहयोगी, मित्रवत् तथा हामीको भावना बोकेर हिँड्ने खालका भएको बताउनुभयो ।
नेपाल स्रष्टा समाजका अध्यक्ष पवन आलोकले दुई देशका जनताबीचको न्यानोपनका कारण नेपाल स्रष्टा समाजको स्थापना अघिदेखि नै बंगलादेशका साहित्यिक संस्थाहरुसँग गाढा सम्बन्ध बनिसकेको बताउनुभयो ।
बंगलादेश–नेपाल फ्रेण्डसीप सोसाइटीका अध्यक्ष मो. इम्दादुल हकले कार्यक्रम सफल बनाउन हरतरहले प्रयासरत सोसाइटीका कार्यसमिति सदस्यहरु तथा अन्य सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो ।
स्रष्टा पुष्पा खनालले कुनै जात, जाति, भाषा र धर्म तथा राजनीतिक, सामाजिक, सांस्कृतिक आस्थाभन्दा पर पनि एउटा सम्बन्ध हुन्छ जसलाई सङ्गीतले मात्र जोड्न सक्छ भन्नुभयो ।
बंगलादेश–नेपाल फ्रेण्डसीप सोसाइटीको निमन्त्रणामा गत शुक्रबार बंगलादेशको ढाका गएको नेपाली स्रष्टाहरुको साहित्यिक टोली चारदिने भ्रमण पूरा गरी गत सोमबार नेपाल फर्किएको छ । नेपाल र बंगलादेशका यी दुई संस्थाबीच दशक लामो साहित्यिक, सांस्कृतिक सम्बन्ध रहिआएको छ ।
नेपाल स्रष्टा समाजले विगत १० वर्षदेखि नै यस खालका अन्तर्राष्ट्रिय अवसरहरूमा नेपाली साहित्यकारहरूको टोली पु¥याई साहित्यिक अन्तक्र्रिया गराउने गरेको छ । समाजमा हाल १५५ जना सदस्य देशभरि छरिएर रहेको कुरा समाजका महासचिव चेतनाथ कणेल ‘हरित’ले बताउनुभयो ।

सम्बन्धित समाचार

महावाणिज्यदूत  खनालद्वारा  विभिन्न भेटघाट तथा छलफल सम्पन्न
बिबिध

महावाणिज्यदूत खनालद्वारा विभिन्न भेटघाट तथा छलफल सम्पन्न

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न
बिबिध

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना
बिबिध

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न
बिबिध

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो  !
बिबिध

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result