Sunday, June 28, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

अपाङ्गतामैत्री आवास निर्माण गर्न माग

बैशाख २५, २०७५ ३:५४ मा प्रकाशित
Share on FacebookShare on Twitter

काठमाडौँ, २५ वैशाख / अपाङ्गता भएका व्यक्तिले सरकारलाई अपाङ्गतामैत्री आवास निर्माणका लागि सरकारसंग माग गरेका छन् ।

काठमाडौँमा भाडामा कोठा पाउन कठिन हुन थालेपछि उनीहरुले स्वालम्बन जीवनपद्धति केन्द्रमार्फत आज प्रधानमन्त्रीलाई सम्बोधन गरी विभिन्न मन्त्रालयका मन्त्री र सचिवलाई ज्ञापनपत्र बुझाउँदै यस्तो माग गरिएको हो ।

अपाङ्गता भएका व्यक्तिका तर्फबाट केन्द्रका अध्यक्ष गणेश केसीले सरकारले अपाङ्गतामैत्री आवास निर्माण गरिदिएर भाडा दिए आफुहरूले स्वाभिमानका साथ भाडा तिरेर बस्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘हामीलाई भाडा पाउनै समस्या छ, काठमाडौँमा अपाङ्गतामैत्री भौतिक संरचना छैन, त्यसले पनि हाम्रो जीवनयापन कठिन बनाएको छ, सरकारले आवास बनाइदियो भने हामी खुसीकासाथ भाडा तिरेर बस्न चाहन्छाँै ।’’

केन्द्रले नयाँ बन्ने सार्वजनिक भौतिक संरचना, बाटो, फुटपाथ अपाङ्गतामैत्री नभएकाले त्यसतर्फ ध्यान दिन सरकारलाई अनुरोध पनि गरेको छ ।

अपाङ्गता भएका व्यक्तिका लागि पहँुचयुक्त संरचना तथा सञ्चार निर्देशिका २०६९ लाई सरकार मातहतका सबै निकायमा कार्यान्वयनका लागि निर्देशन दिनपनि प्रधानमन्त्रीसंग आग्रह गरिएको छ ।

केन्द्रले प्रधानमन्त्रीको कार्यालय तथा अर्थ, सहरी विकास र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा ज्ञापनपज्ञ बुझाएको थियो ।

ज्ञापनपत्र बुझ्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालुबाबु पण्डितले नयाँ बन्ने संरचनाहरू अपाङ्गतामैत्री बनाइने र बनिसकेका संरचनाहरू पनि सम्भव भएसम्म अपाङ्गतामैत्री बनाउन पहल गर्ने बताउनुभयो ।

ज्ञापनपत्रमा अपाङ्गगता भएका व्यक्तिका लागि अत्यावश्यक सहायक सामग्री स्वदेशमै उत्पादन गर्न संघीय, प्रदेशस्तरमा उत्पादन केन्द्र स्थापनाका लागि र स्थानीय तहमा नै सहायक साम्राग्री प्राप्त हुने व्यवस्था लागि प्रर्याप्त बजेट विनियोजित गर्न, सहरी विकास मन्त्रालयले बनाउने सबै नीति, योजना कार्यक्रममा अपाङ्गगता भएका व्यक्तिलाई समेत समेटी अनिवार्य अपाङ्गतामत्री बनाउन, नयाँ आधुनिक शहर निर्माण गर्दा वा टाउन प्लानिङ्ग गर्दा वा पुर्नवास गर्दा वा सरकारी वा नीजि सार्वजनिक भौतिक संरचना निर्माण गर्दा अपाङ्गता भएका व्यक्तिको लागि पहँुचयुक्त संरचना तथा संचार निर्देशिका २०६९ ले निर्दिष्ट गरे बमोजिम हुने गरी सम्बन्धित सबै निकायमा निर्देशनात्मक आदेश दिन पनि आग्रह गरिएको छ ।

सहरी विकास मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्माले अपाङ्गतामैत्री फुटपाथ निर्माण कार्य शुरु भएपनि आवश्यक मात्रामा हुन नसकेको उल्लेख गर्दै सहरी विकास मन्त्रालयको भवनलाई अपाङ्गतामैत्री बनाउन पहल थाल्ने बताउनुभयो । रासस

सम्बन्धित समाचार

महावाणिज्यदूत  खनालद्वारा  विभिन्न भेटघाट तथा छलफल सम्पन्न
बिबिध

महावाणिज्यदूत खनालद्वारा विभिन्न भेटघाट तथा छलफल सम्पन्न

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न
बिबिध

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना
बिबिध

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न
बिबिध

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो  !
बिबिध

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result