Saturday, June 27, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

दुई आवमा गैँडा चीन पठाइने

बैशाख २७, २०७५ १:४२ मा प्रकाशित
दुई आवमा गैँडा चीन पठाइने
Share on FacebookShare on Twitter

चितवन, २७ वैशाख / नेपालले चीनलाई दुई आर्थिक वर्ष पारेर चार गैँडा उपहार दिने भएको छ ।

चितवन राष्ट्रिय निकुञ्जमा तीन गैँडा नियन्त्रणमा लिएर पिट बुमा (खाल्डो) मा राखिएको छ । अर्काे एक गैँडा गत भदौमा बाढीले बगाएपछि उद्धार गरी राष्ट्रिय प्रकृति संरक्षण कोषमा राखेर संरक्षण गरिँदै आएको छ । यी चार गैँडा चीन सरकारलाई उपहार दिन लागिएको हो । निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालका अनुसार संकटापन्न वन्यजन्तु तथा वनस्पति प्रजातिको अन्तर्राष्ट्रिय व्यापारसम्बन्धी महासन्धि (साइटिस) का कारण एकै आवमा दुई जोडी गैँडा पठाउन नमिल्ने भएकाले दुई आव पारेर गैँडा उपहार दिन लागिएको हो ।

अर्यालका अनुसार महासन्धिमा एक आवमा एक जोडी वन्यजन्तु मात्रै उपहार दिन पाइने उल्लेख छ जसका कारण असारभित्र एक जोडी गैँडा चीन पठाउनैपर्ने हुन्छ भने साउन लागेपछि अर्काे जोडी पठाउने तयारी गरिएको छ । लामो समय पाल्दा खर्च निकै हुने भएकाले पनि असार अन्तिम र साउन पहिलो साता गरेर गैँडा पठाउन लागिएको हो ।

एउटै गैँडालाई दैनिक आठ जनाले पालो मिलाएर रेखदेख गरिरहेका छन् भने घाँस काट्ने, आहार दिने अन्य कर्मचारी परिचालन गरिएको छ । त्यस्तै सुरक्षा व्यवस्था पनि मिलाइएको छ । निकुञ्जका चिकित्सक डा कमल गैरेका अनुसार गैँडालाई घाँस, दूध, भिटामिन, खनिज, फलफूललगायत खानेकुरा खुवाइँदै आएको छ । ती गैँडाको स्वास्थ्यवस्था राम्रो देखिएको छ । यद्यपि परीक्षणका लागि वरिपरि जान नसकिएको गैरेले बताउनुभयो ।

तीन गैँडालाई पिट बुमामा राखिएको छ भने अर्काे एक गैँडालाई पनि पिट बुमामा राख्नका लागि ठाउँ बनाइँदैछ । केही दिनमा हाल खुला छाडिएको गैँडालाई पनि पिट बुमामा राखिने सूचना अधिकारी अर्यालले बताउनुभयो । करीब एक महिना पिट बुमामा राखिएपछि गैँडालाई बुमा (खुला खोर) मा राखिनेछ । ती गैँडालाई निकुञ्जको पश्चिमी क्षेत्रबाट नियन्त्रणमा लिइएको हो । चीनलाई उपहार दिइने गैंडा दुई भाले र दुई पोथी छन् । विसं २०७३ असारमा प्रधानमन्त्रित्व कालमा केपी शर्मा ओलीले चीन सरकारलाई दुई जोडी गैँडा उपहार दिने निर्णय गर्नुभएको थियो । त्यसपछि नेपाली विज्ञको टोली गैँडा चीन लगेपछि राखिने ठाउँको अध्ययनसमेत गरेर फर्केको थियो । रासस

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result