अमेरिका,१० मे | उत्तर अमेरिका क्षेत्रमा रहेका नेपाली सञ्चारकर्मीहरूको साझा संस्था नेपाल अमेरिका पत्रकार संघ ,नेजाको आगामी जुलाई महिनाको २१ र २२ मा वाशिंगटनको सियाटलमा छैटौँ अधिवेशन हुन् गइरहेको छ । नेजाको
विद्यमान विधान अनुसार अधिवेशनको एक महिना अगावै अर्थात् आगामी मे ३१ ,२०१८ भित्र सदस्यताको नविकरण तथा नयाँ सदस्यता प्राप्त गरिसक्नु पर्ने भएकोले एक सूचना प्रकाशित गर्दै सदस्यता खुला गरेको छ ।
सदस्यता छानबिन गर्न जनवरी ७, २०१७ मा बसेको कार्यसमिति बैठकले नेजा सचिवको संयोजकत्वमा पाँच जना क्षेत्रीय संयोजकहरू सदस्य रहनेगरी एक समिति गठन गरी जिम्मेवारी सुम्पिएको छ । नेजाको विधान अनुसार अधिवेशनको एक महिना पहिले नै सदस्यता लिईसकेको,नवीकरण गरिसकेको र सदस्यता शुल्क तिरिसकेको सदस्यले मात्र आफ्नो मताधिकार प्रयोग गर्न,उम्मेदवार बन्न वा समर्थक,प्रस्तावका बस्न पाउनेछ ।
नयाँ सदस्यताको लागि मिडियामा प्रकाशित एवं प्रसारित दुई वटा समाचार सामाग्री तथा लेखसहित आफ्नो विवरण खुलाएर संस्थाको वेभसाईट http://www.neajausa.org/associate-and-general-member-form/ मार्फत् सदस्यता आवेदन गर्न सक्ने जनाएको छ ।
संस्थाले प्रदान गरेको सदस्यता शुल्क र बन्ने प्रक्रिया
नेजाको सदस्यता शुल्क
नविकरण शुल्क : ५० डलर ( दुई वर्षका लागि )
नयाँ सदस्य : ७५ डलर ( दुई वर्षका लागि )
आजीवन सदस्यता शुल्क : ३०० डलर
तपाइसँग सदस्यता सम्बन्धी अन्य जिज्ञासा भए हामीलाई इमेल ([email protected]) गर्न सक्नुहुनेछ ।
नयाँ सदस्यता तथा नविकरणको लागि लिङ्क;
http://www.neajausa.org/associate-and-general-member-form/
यस लिङ्कमा फारम भरेर सबमिट गरेपश्चात् पेपलको लिङ्क आउँछ, सो मार्फत पेपल एकाउन्ट वा डेबिट वा क्रेडिट कार्डबाट सिधा पैसा तिर्न सकिने छ ।
विधान बमोजिम योग्यता पुगेका व्यक्तिले आजीवन सदस्यताको लागि आवेदन दिने लिङ्क;
http://www.neajausa.org/life-members-form/
यस लिङ्कमा फारम भरेर सबमिट गरेपश्चात् पेपलको लिङ्क आउँछ, सो मार्फत पेपल एकाउन्ट वा डेबिट वा क्रेडिट कार्डबाट सिधा पैसा तिर्न सकिने छ ।






प्रतिक्रिया लेख्नुहोस्:-