Sunday, May 25, 2025
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

नेपाली जनसम्पर्क समिति विश्व संजालद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना

बैशाख ८, २०८२ ७:४० मा प्रकाशित
नेपाली जनसम्पर्क समिति विश्व संजालद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना
Share on FacebookShare on Twitter

अमेरिका – नेपाली कांग्रेस निकट नेपाली जनसम्पर्क समिति विश्व संजालले नयाँ वर्ष २०८२ को अवसरमा शुभकामना कार्यक्रम आयोजना गरेको छ।

शनिबार भर्चुएल माध्यमबाट आयोजित अन्तरक्रियालाई सम्बोधन गर्दै पूर्व परराष्ट्र मंत्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एन पी साउदले डायस्पोराबाट नेपालले धेरै अपेक्षा गरेको बताए। उनले संविधानले नै गैर आवासीय नेपाली (एनआरएन) नागरिकताको व्यवस्था गरी एनआरएन नागरिकता वाहकले राजनीतिक बाहेक अन्य सम्पूर्ण अधिकार नेपाली नागरिक सरह पाउने भनेकाले त्यो अधिकारमा कुनै पनि कटौती गर्न नहुने बताए। उनले त्यसमा कुनै पनि अवरोध हुन नहुने बताए। उनले एनआरएन नागरिकता लिइ सके पछि नेपाल जाँदा भिसा लगाउनु पर्ने नियम ठिक नभएको बताउंदै विदेशमा रहेका झन्डै ५०-६० लाख नेपालीलाई कन्सुलर सेवा पुराउनु नेपाल सरकारको दायित्व रहेको बताए। नेता साउदले नेपालमा लोकतान्त्रिक संस्कृतिको विकास गर्न प्रवासमा रहेका नेपालीहरुले खबरदारी गरि रहनु पर्ने धारणा व्यक्त गरे।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व राज्य मंत्री गोविन्द बहादुर शाहले नेपालको विकासका लागि ‘प्याराडाइम शिफ्ट’ गर्नु पर्ने आवश्यकता रहेको बताए। उनले यसका लागि प्रवासमा रहेका साथीहरुको सहयोग आवश्यक रहेको बताए । उनले सरकारले विदेशमा बस्ने नेपालीलाई भोट हाल्ने व्यवस्था मिलाउनु पर्ने पनि बताए ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले बहुदलीय व्यवथाको पुनर्स्थापना पछि नेपालले फड्को मारेको बताए। २०४८ सालमा देशभरि सडक संजाल जम्मा सात हजार किमि मात्रै थियो, अहिले १ लाख किमि नाघेको छ। विश्व बैंकका अनुसार चरम गरिबीको रेखा मुनि रहेका नेपालीको संख्या एक प्रतिशत भन्दा पनि कम छ । नेपालीको औसत आयु ५४ वर्षबाट ७२ वर्ष पुगेको छ। “पपुलिज्म र कम्युनिज्मले नेपालको हित गर्दैन। नकारात्मक कुराले देश बन्दैन। देश बनाउन राम्रो पार्टी, राम्रो नेता चाहिन्छ। हामीले अबको २० वर्षमा गरिबीमुक्त देश बनाउन सक्छौं। यसका लागि तपाईंहरुले आफ्नो अनुभव, सुझाव र सल्लाह दिनोस्,” भट्टराईले भने।

कार्यक्रममा शुभकामना दिंदै एनआरएनए अभियन्ता डा केशब पौडेलले बीपीको सिद्धान्तको फेरि पुनरावलोकन गरेर नेपालको विकासका लागि सोच्नु पर्ने समय आएको बताए। उनले मंत्री भए पछि मलाई पुग्यो भन्ने प्रवृत्ति विद्यमान रहेको भन्दै कांग्रेस नेतृत्वलाई विलासितामा ध्यान नदिन र देश विकासको खाका बनाउन आग्रह गरे। ” यसमा हामी तपाईंहरुलाई सहयोग गर्न तयार छौं,” उनले भने।

‘नयाँ आर्थिक मोडलमा जानु पर्ने आवश्यकता’

जय नेपाल अन्तरराष्ट्रिय फाउन्डेशनका अध्यक्ष डा यादव पण्डितले नेपाली कांग्रेस समाजवादी आर्थिक मोडलबाट नयाँ आर्थिक मोडलमा जानु पर्ने आवश्यकता रहेको बताउंदै पार्टीले अहिले लिएको दिशा नै परिवर्तन गर्नु पर्ने जनाए । उनले विश्व संजाल सारा नेपालीलाई जोड्ने संजाल बन्न सकोस् भन्ने शुभकामना पनि दिए ।

कार्यक्रममा कांग्रेस नेत्री मृदुला कोइराला, कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य हरिबोल भण्डारी, एनआरएनए अभियन्ताहरु महेश श्रेष्ठ, सुनिल साह , प्रमोद सिटौला, दुर्गा आचार्य, डा ज्ञानेन्द्र रेग्मी, बुद्धि सुवेदी, राज रेग्मी, डा देश राज संयोक, दिलेन्द्र रावल , नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधिद्वय रामशरण हुमागाई, सुवास लामा लगायतले शुभकामना दिंदै लोकतान्त्रिक शक्तिहरु एक भएर अगाडी बढ्न सुझाव दिए।

विश्व संजालका सह महामन्त्री भूपि गोविन्द श्रेष्ठ तथा प्रवक्ता मुक्तिनाथ पन्तले संचालन गरेको कार्यक्रममा संजालका सल्लाहकार धर्म राज अधिकारी (जापान), एसिया क्षेत्र संयोजक राम प्रसाद उप्रेती, शिब बहादुर बलायर (चेन्नई) लगायतले शुभकामना दिएका थिए। कार्यक्रममा सहभागीहरूलाई विश्व संजाल उप सभापति नवराज शिवाकोटी (कोरिया) ले स्वागत गरेका थिए। उक्त कार्यक्रममा नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनाल, गंगाधर गौतम, ओम भट्टराई, पदम राहुल गुरुङ लगायतको उपस्थिति थियो ।

कार्यक्रमको सभापतित्व गरिरहेका जनसम्पर्क समिति विश्व संजालका अध्यक्ष बिष्णु सवेदीले जहाँ भए पनि आफुहरुलाई आफ्नो देश र आफ्नो पार्टीको माया रहेको बताए। नेपालमा दुइओटा ठूला दलको सरकार हुँदा पनि जनताले सुरक्षित र आशावादी महसुस गर्न नपाएको बताउंदै सरकारलाई जनतामा आशा जगाउने खालका कामहरु गर्न सुझाव दिए । उनले विश्व संजाल क्षेत्रगत रुपमा गएको र विस्तारको क्रममा रहेको बताउंदै जर्मनीमा विश्व सम्मेलन गर्ने तयारी भै रहेको पनि जानकारी दिए । उनले विश्व संजालमा जोडिएर नेपालको लोकतान्त्रिक शक्तिलाई बलियो बनाउन आग्रह पनि गरे।

कार्यक्रममा जनसम्पर्क समिति विश्व संजालको क्षेत्रीय पदाधिकारीहरुको घोषणा गरिएको थियो। जस अनुसार विश्व संजालको एसिया सभापतिमा राम प्रसाद उप्रेती (कोरिया), उपसभापति बाबुराम सापकोटा (जापान), महामन्त्री राजेश खनाल (जापान), सहमहामन्त्रीहरु प्रेम सागर पौडेल (कोरिया), ताहिर खान (हङकङ), युवराज न्यौपाने (मकाउ) रहेका छन्। कोषाध्यक्ष पछि मनोनयन गरिने छ। त्यस्तै सदस्यहरुमा सागर माङ्ग्मु (कोरिया), राजेन्द्र लामिछाने (कोरिया), लक्ष्मण न्यौपाने (जापान), गणेश रायमाझी (जापान), बिमान सिंह मोक्तान (जापान), जगदीश न्यौपाने (मकाउ), अच्युत बडाल (मकाउ), गिता नेपाल (हङकङ), उपेन्द्र बि.क (हङकङ), हरि कोइराला (मलेसिया), घनश्याम चौधरी (मलेसिया) र सन्तोष पौडेल (मलेसिया) छन्।

यस्तै जनसम्पर्क समिति विश्व संजालको मध्यपूर्व समितिमा सभापति नानुकाजी अर्याल र सदस्यहरुमा एकेन्द्र थापा (दुबई), राम कृष्ण पुन (दुबई), नवीन पंगेनी (ओमान), संजय कुमार शाह (ओमान), राजेन्द्र विरही (कुवेत), सूर्य थापा (बहराइन) रहेका छन्। अन्य पदाधिकारीहरु छिट्टै थप गरिने छ।

यसै गरी विश्व संजालको दक्षिण एसिया (सार्क) क्षेत्रीय समितिको संरक्षकमा डा कृष्णप्रसाद आचार्य तथा चन्द्रकान्त आचार्य, अध्यक्ष शिव बहादुर बलायर, वरिष्ठ उपाध्यक्ष धन बहादुर के सी, उपाध्यक्ष मेघराज पौडेल, महासचिव दीपक बहादुर बिष्ट, सह महासचिव गोरख बहादुर ढाँट, कोषाध्यक्ष मान बहादुर खड्का र सदस्यहरुमा कृष्ण बहादुर बलायर तथा इन्द्र बहादुर रोकाया रहेका छन्। बाँकी सदस्य छिट्टै थप गरिने जनाइएको छ ।

सम्बन्धित समाचार

कोलोराडोमा आयोजित नयांवर्ष शुभकामना सांस्कृतीक सांझमा बिमल डांगी
प्रवास

कोलोराडोमा आयोजित नयांवर्ष शुभकामना सांस्कृतीक सांझमा बिमल डांगी

जय नेपाल फाउन्डेशन टेक्सस च्याप्टरद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना
प्रवास

जय नेपाल फाउन्डेशन टेक्सस च्याप्टरद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना

अमेरिकामा साहित्यकार लम्साललाई ‘सुन्नेको लर्को’ !
Breaking News

अमेरिकामा साहित्यकार लम्साललाई ‘सुन्नेको लर्को’ !

राजनीतिक दलहरूप्रतिको वितृष्णा कम गर्न सरकारले पहल गर्नु पर्‍यो :  वरिष्ठ कांग्रेस नेता शेखर कोइराला
प्रवास

राजनीतिक दलहरूप्रतिको वितृष्णा कम गर्न सरकारले पहल गर्नु पर्‍यो :  वरिष्ठ कांग्रेस नेता शेखर कोइराला

एकता महाधिवेशनमा भाग लिन सबै पक्षलाई डा पौडेलले गरे अपिल
प्रवास

एकता महाधिवेशनमा भाग लिन सबै पक्षलाई डा पौडेलले गरे अपिल

जय नेपाल फाउन्डेसनले नयाँ बर्ष २०८२ को शुभकामना आदान प्रदान कार्यक्रम गर्दै
प्रवास

जय नेपाल फाउन्डेसनले नयाँ बर्ष २०८२ को शुभकामना आदान प्रदान कार्यक्रम गर्दै

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result