Sunday, June 28, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

क्रसर उद्योगले बस्ती जोखिममा

बैशाख ३१, २०७५ ११:३० मा प्रकाशित
क्रसर उद्योगले बस्ती जोखिममा
Share on FacebookShare on Twitter

बनेपा, ३१ वैशाख / काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–२ कुशादेवी र कलाँती भूमिडाँडाको गागल आसपासमा सञ्चालन हुँदै आएका ढुंगाखानी र क्रसर उद्योगका कारण यहाँका बस्ती विस्थापित हुने खतरा बढ्दै गएको छ ।

सञ्चालकले ढुंगाखानी र क्रसर उद्योग व्यवस्थित रुपमा सञ्चालन नगर्दा वनजंगललाई समेत असर पुगेको छ । केही परिवार विस्थापित भएका छन् । स्थानीयवासी अर्जुन आचार्य खानीका कारण विभिन्न समस्या झेल्दैआएको बताउनुहुन्छ ।

“आवाज र धुलोले असर गरिरहेको छ, धुलोले बोटबिरुवा ढाक्नाका साथै उब्जनीमा कमी आएको छ,” उहाँले भन्नुभयो, “कोलाहलले राती सुत्न सकिँदैन ।” दूध र तरकारी ढुवानी गर्न समस्या भएको छ ।

पहिरोका कारण पनौती बजारसँगै खोला आसपासको अन्य क्षेत्रमा समेत क्षति पुग्ने देखिन्छ । बस्ति तलतिरबाट ढुंगा निकाल्दा पहिरो जान थालेपछि स्थानीय बासिन्दा त्रसित भएका छन् । बजगार्इंका अनुसार यसै वर्ष दुई परिवार विस्थापित भएका छन् ।

स्थानीय बासिन्दा साधुराम आचार्य खानीका कारण विभिन्न समस्या देखापरेको बताउनुहुन्छ । “गाउँमा बस्न सक्ने स्थिति छैन, चर्को आवाजले ओल्लो घरबाट बोलाएको अर्को घरमा सुनिदैन”, उहाँले भन्नुभयो, “कि त खानी बन्द गर्नुप¥यो कि बस्ती नै हटाउनु प-यो ।”

खानीका कारण पहिरो जाने, धुलोका कारण वातावरण प्रदूषित हुँदै जानाका साथै पर्यटकीय क्षेत्रमा प्रदूषण बढ्दै जाँदा पर्यटकको आगमनमा कमी आएको छ । “खानी बन्द गर्नुपर्छ”, तामाङले भन्नुभयो ।

पनौती नगरपालिकाका प्रमुख भीम न्यौपाने जनप्रतिनिधि आउनु अगाडि नै खानी विभागबाट दर्ता भई आएर सञ्चालन गरेका कारण त्यसका लागि केन्द्रले नै पहल गर्नुपर्ने बताउनुहुन्छ । “खानीका कारण खानेपानी आयोजनामा समेत असर गरेको छ, डाँडाडाँडा नै किसानले बेचेर जानुपर्ने अवस्था छ”, उहाँले भन्नुभयो, “हामी आएदेखि खानी दर्ता गर्न दिएका छैनौँ ।”रासस

सम्बन्धित समाचार

महावाणिज्यदूत  खनालद्वारा  विभिन्न भेटघाट तथा छलफल सम्पन्न
बिबिध

महावाणिज्यदूत खनालद्वारा विभिन्न भेटघाट तथा छलफल सम्पन्न

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न
बिबिध

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना
बिबिध

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न
बिबिध

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो  !
बिबिध

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result