Monday, June 29, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

सामुदायीक महिला भवनबाट विद्यालय सञ्चालन

जेष्ठ २, २०७५ ९:१२ मा प्रकाशित
Share on FacebookShare on Twitter

रामपुर, पाल्पा, २ जेठ / खुला आकाशमुनि पठनपाठन भइरहेको पाल्पा रामपुर नगरपालिका–२ को कालिका प्राथमिक विद्यालयले सामुदायिक महिला भवनमा विद्यार्थी राखेर पठनपाठन शुरु गरेको छ ।

गत वैशाख १९ गते राससमा ‘विद्यालय सारेर खुला आकाशमुनि पढाई’ भन्ने समाचार प्रकाशन भएपछि त्यसको प्रभावका कारण विद्यालयले अहिले सामुदायिक महिला भवनमा विद्यार्थी राखेर पढाउन थालेको हो ।

समाचारको प्रभावकै कारण खुला आकाशमुनि विद्यार्थी राखेर नपढाउन सरोकारवाला निकायले दिएको सुझावलाई मनन गर्दै विद्यालयले अहिले स्थानीय सामुदायिक महिला भवनमा विद्यार्थी राखेर कक्षा सञ्चालन गरिरहेको छ ।

दुईवटा कोठामा कक्षा १ देखि ५ सम्मका सबै विद्यार्थीलाई समूह समूह बनाएर दुःख सुखसँग पढाउन थालिएको विद्यालयका प्रधानाध्यापक बाबुराम घिमिरेले बताउनुभयो ।

“विद्यालयको टहरा निर्माण कार्य भइरहेको छ, टहरा सम्पन्न नहुँदासम्म विद्यालय नजिकै रहेको स्थानीय सामुदायिक महिला भवनका दुईवटा कोठामा सबै कक्षा सञ्चालन गरेका छौँ”– “टहरा निर्माण सम्पन्न नहँुदासम्म घामपानीबाट ओत लाग्नका लागि मिलाएर पढाइएको छ” उहाँले भन्नुभयो ।

अहिले ४५ जना विद्यार्थी विद्यालयमा भर्ना भएका छन् । गत वर्षको विद्यार्थी भर्नादरको तुलनामा यस वर्ष ठूलो संख्यामा विद्यार्थी थपिएका छन् । गत वर्ष आठजना विद्यार्थी मात्र रहेका थिए ।

कम विद्यार्थी रहेका कारण पुरानो ठाउँबाट नयाँ ठाउँमा विद्यालय सारेपछि भर्नादर बढ्दो छ । शिक्षक, अभिभावक, विद्यालय व्यवस्थापन समितिको निर्णयमा बाक्लो बस्ती भएको ठाउँमा विद्यालय सारेपछि विद्यार्थी संख्या ह्वात्तै बढेको छ ।

विद्यालयले नगर शिक्षा समिति, रामपुरसँग अनुमति नलिइकन पुरानो ठाउँबाट नयाँ ठाउँमा विद्यालय स्थानान्तरण गरेका कारण भवन अभावको समस्या खट्किएको हो ।

खुला आकाशमुनि राखेर पढाएको अनुगमनका क्रममा देखेपछि तुरुन्त भवनभित्र विद्यार्थी राखेर पढाउन निर्देशन दिइएको रामपुर नगरपालिकाका नगर शिक्षा अधिकृत रमाकान्त अर्यालले बताउनुभयो । टहरा निर्माणको क्रममा रहेकाले अब छिट्टै नै निर्माण कार्य सम्पन्न गरी टहराभित्र पठनपाठन गराउने विद्यालयले जनाएको छ ।

हावाहुरीले सोलार प्यानल उडायो
यसैबीच, हावाहुरीका कारण यहाँको एक विद्यालयमा जडान गरिएको सोलारको प्यानल उडाउँदा रु चार लाख बराबरको क्षति पुगेको छ ।

निस्दी गाउँपालिका–४, मित्याल पाल्पामा रहेको जीवन ज्योति आधारभूत विद्यालयको सोलार प्यानल उडाउँदा पूर्णरुपमा क्षति पुगेको छ ।

दुई वर्ष अगाडि वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, नेपालको अनुदानमा जडान गरेको १६८० वाट क्षमताको सोलार जडान गरेर विद्यालयमा कम्प्यूटर शिक्षा सञ्चालन गरिएको प्रधानाध्यापक चित्र आलेले बताउनुभयो ।

हावाले सोलारको प्यानल उडाएपछि अहिले कम्प्यूटर कक्षा सञ्चालन गर्न र प्रशासनिक काम गर्नसमेत समस्या भएको आलेले बताउनुभयो । रासस

सम्बन्धित समाचार

महावाणिज्यदूत  खनालद्वारा  विभिन्न भेटघाट तथा छलफल सम्पन्न
बिबिध

महावाणिज्यदूत खनालद्वारा विभिन्न भेटघाट तथा छलफल सम्पन्न

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न
बिबिध

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना
बिबिध

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न
बिबिध

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो  !
बिबिध

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result