Monday, June 29, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

टेलिकमको बेथितीले समस्या झेल्दै मनाङवासी

जेष्ठ २, २०७५ ९:२६ मा प्रकाशित
टेलिकमको बेथितीले समस्या झेल्दै मनाङवासी
Share on FacebookShare on Twitter

मनाङ, २ जेठ / सरकारले नेपालका सबै जिल्लामा दूरसञ्चार सेवा पु-याएता पनि हिमाली जिल्ला मनाङमा भने सेवा खासै प्रभावकारी वन्न सकेको छैन ।

मनाङवासी नेपाल टेलिकमले दिएको सेवाबाट अझै वञ्चित छन् । ठाउँठाउँमा अग्लाअग्ला टावर निर्माण भएका त छन् तर सेवा सुविधा भने प्रभावकारी छैन ।

अहिलेको आधुनिक संसारलाई जोड्ने सञ्चार संस्थानले धेरै मुनाफा कमाएको अवस्थामा पनि सेवाग्राही भने कति लाभान्वित भए हेर्नु जरुरी छ ।

अहिले नेपाल टेलिकमले विभिन्न सेवा सुविधा उपलब्ध गराए पनि मनाङमा फोन सम्पर्कसमेत कठिन भएको नासों गाउँपालिकाका अध्यक्ष चन्द्र घलेले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले नेपाल दूरसञ्चार, मनाङ शाखालाई पटकपटक पहल गर्दा पनि यो र उ बहाना बनाएर बेवास्ता गरेको छ ।” यसरी मनाङमा सबै सेवासुविधा हुँदाहुँदै पनि पछाडि परेको उहाँको भनाइ रहेको छ ।

उता दूरसञ्चारको भने आफ्नै कहानी छ । हिमाली जिल्लामा अप्टिकल फाइवरबाट सञ्चालित सिडिएमए पिडीएसमा टेक्निकल असर परेको नेपाल दूरसञ्चार मनाङ शाखाका प्रमुख निमङैटुक लामाले बताउनुभयो । उहाँको भनाइअनुसार नासों गाउँपालिकामा पर्ने ताल, ताँचे बगरछापलगायतका ठाउँमा समस्या देखिएको छ ।

हावाहुरी, बाटो निर्माणको क्रममा अप्टिकल लाइनका तार क्षति भएको छ । यस्ता समस्याले सेवाग्राही मर्कामा परेका हुन् । यसलाई मर्मत गर्न प्राइवेट कम्पनीबाट प्राविधिक ल्याउनु पर्ने भएकाले ढिलो भएको लामाले बताउनुभयो । हाल मनाङमा रहेका एडिएसएलबाट चल्ने इमेल इन्टरनेट नचल्दा सरकारी कामकाज गर्न निकै कठिनाइ भएको जिल्लामा रहेका सरकारी कार्यालयको गुनासो रहेको छ ।

आजको जमानामा इमेल इन्टरनेटबाट सबै कामकाज गर्नुपर्ने भएको अवस्थामा आवश्यक सेवासुविधाबाट वञ्चित भएर बस्नु परेकोमा मनाङवासी आक्रोशित भएका छन् ।

मनाङवासीले बिकल्पमा प्राइभेट कम्पनीबाट राखिएता पनि सबै नाफामुखी भएको र सेवासुविधा राम्रो नभएको होटल व्यवसायी थुतेन लामाले बताउनुभयो ।

सरकारले लगानी गरेको संस्थाबाट नै सेवाग्राही मर्कामा पर्छन् भने प्राइभेट कम्पनीको त नाफाको खेती नै हो । यस्तै हो भने दुर्गम जिल्ला सधैँ नै दुर्गम भएर रहनेछन् । कहिलेसम्ममा सेवासुविधा पाउने हो र कहिलेसम्म समस्या झेलेर बस्ने मनाङवासी नेपाल टेलिकमलाई प्रश्न गर्छन् ।रासस

सम्बन्धित समाचार

महावाणिज्यदूत  खनालद्वारा  विभिन्न भेटघाट तथा छलफल सम्पन्न
बिबिध

महावाणिज्यदूत खनालद्वारा विभिन्न भेटघाट तथा छलफल सम्पन्न

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न
बिबिध

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना
बिबिध

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न
बिबिध

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो  !
बिबिध

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result