Monday, June 29, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

च्याउको बीउ माग धेरै उत्पादन थोरै

जेष्ठ १३, २०७५ १:४७ मा प्रकाशित
च्याउको बीउ माग धेरै उत्पादन थोरै
Share on FacebookShare on Twitter

कञ्चनपुर, १३ जेठ / कन्ये च्याउको बीउको माग धेरै भए पनि उत्पादन थोरै हुँदा किसानले अन्यत्रबाट बीउ ल्याएर व्यावसायिक खेती गर्दै आएका छन् ।

पाँच वर्षयता थोरै समयमा धेरै आम्दानी दिने च्याउखेतीमा आकर्षण बढ्दै गए पनि सबै किसानले बीउ नपाउँदा अन्यत्र जिल्लाबाट च्याउको बीउ ल्याई व्यावसायिक खेतीलाई निरन्तरता दिँदै आएका छन् ।

बेदकोट नगरपालिकाको सुन्दरपुरमा रहेको क्षेत्रीय बाली संरक्षण प्रयोगशालाले प्रतिवर्ष दुई हजार बोतल कन्ये जातको च्याउको बीउ उत्पादन गर्ने लक्ष्य लिई बीउ उत्पादन गर्दै आएको छ । यस वर्षमात्रै दुई हजार ११६ बोतल च्याउको बीउ उत्पादन गरेको प्रयोगशालाले गत वर्ष चार हजार २४२ बोतल बीउ उत्पादन गरेको थियो ।

व्यावसायिक च्याउखेती गर्ने किसान बढ्दै जाँदा बीउको माग बढ्न थालेको हो । प्रयोगशालाका नायब प्राविधिक सहायक राममिलन चौधरीले भन्नुभयो, “थोरै बजेट र दक्ष जनशक्तिको अभावमा धेरै बीउ उत्पादन गर्न सकिँदैन ।”

उहाँका अनुसार बीउ उत्पादनका लागि वार्षिक रुपमा विनियोजन हुने रु एक लाख बजेटले पूरै प्रदेश नं ७ का किसानलाई सहज रुपमा बीउ उत्पादन गरी उपलब्ध गराउन सकिँदैन ।

“अनुकूल मौसम नहुँदासमेत वर्षभरि नै बीउ उत्पादन गर्न निकै कठिन हुने र प्राविधिक समस्या झेल्नु पर्छ”, उहाँले भन्नुभयो ।

बीउ उत्पादनका लागि आवश्यक पर्ने उपकरणसमेत पर्याप्त नहुँदा समस्या छ । प्रदेशको पहाडी क्षेत्रमा च्याउको माग बढ्दो छ । बाह्रै महिना वातावरण अनुकूल बनाइएका प्लाष्टिक घरमा च्याउ उत्पादन गर्न सकिन्छ । तराई क्षेत्रका धेरै किसानले व्यावसायिक रुपमा च्याउको खेती गर्नका लागि कैलालीको चुरे गाउँपालिका क्षेत्रमा जग्गा भाडामा लिई च्याउखेती गर्दै आएका छन् ।

व्यावसायिक च्याउखेती गर्दै आएका राजेन्द्रबहादुर ऐरले मागअनुरुप प्रयोगशालाबाट बीउ उपलब्ध नहुँदा चितवनलगायतका क्षेत्रबाट बीउ ल्याई खेती गर्नुपरेको उहाँले बताउनुभयो ।

प्रयोगशालाले गहुँमा क्याल्सियम कार्वोनेट, क्याल्सियम सल्फेटको मिश्रण गरी प्लाष्टिक थैलामा प्याक गरेर डेढ घण्टासम्म शुद्धीकरण गर्ने र भोलिपल्ट कल्चर गरी ढुसी लागेपछिको १० दिनपछि वितरण गर्न तयार हुन्छ । तयार गरेको बीउ २० दिनसम्म भण्डार गर्न सकिन्छ । प्रयोगशालाले किसानलाई कन्ये जातको च्याउको बीउ रु २५ प्रति बोतलका दरले बिक्री गर्दै आएको छ ।

कृषि विकास कार्यालयका अनुसार ३०० भन्दा बढी किसानले च्याउखेती गर्दै आएकामा १०० भन्दा बढी किसानले व्यावसायिक रुप दिएका छन् । च्याउबाट भिटामिन ‘ए’, रक्त चाप नियन्त्रण गर्ने तत्व र क्याल्सिएम प्रचुर मात्रामा पाइने भएकाले स्वास्थ्यका लागिसमेत लाभदायक हुनाका साथै मिठो हुने भएकाले सहजै बिक्री हुने गरेको छ ।

कञ्चनपुरमा च्याउखेती एक दशकअघिदेखि गरिँदै आए पनि यसको व्यावसायिक खेती भने पाँच वर्षयतादेखि हुँदै आएको हो । रासस

सम्बन्धित समाचार

महावाणिज्यदूत  खनालद्वारा  विभिन्न भेटघाट तथा छलफल सम्पन्न
बिबिध

महावाणिज्यदूत खनालद्वारा विभिन्न भेटघाट तथा छलफल सम्पन्न

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न
बिबिध

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना
बिबिध

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न
बिबिध

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो  !
बिबिध

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result