Monday, June 29, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

ग्रामीण क्षेत्रका दशमध्ये तीन परिवार अँध्यारोमा

जेष्ठ १३, २०७५ ३:११ मा प्रकाशित
ग्रामीण क्षेत्रका दशमध्ये तीन परिवार अँध्यारोमा
Share on FacebookShare on Twitter

काठमाडौँ, १३ जेठ / नेपालको ग्रामीण भेगका कूल दश परिवारमध्ये तीन परिवार अझै पनि अँध्यारोमा बस्न बाध्य छन् ।

सरकारले आज सार्वजनिक गरेको आर्थिक सर्वेक्षणमा नेपाल विद्युत् प्राधिकरणले ६५ प्रतिशत क्षेत्रमा राष्ट्रिय प्रसारण प्रणाली पु¥याएको भएपनि ३५ प्रतिशत क्षेत्रमा भने प्रसारण लाइन पु¥याउन नसकेका कारण ती परिवार अँध्यारोमा बस्न बाध्य रहेको तथ्यांक प्रस्तुत गरिएको छ ।

प्राधिकरणले आगामी पाँच वर्षभित्र मुलुकका सबै क्षेत्रमा ऊर्जाको पहुँच पु¥याउने लक्ष्य राखेको छ । दिगो विकासको लक्ष्यअनुसार सन् २०३० सम्म नवीकरणीय एवं वैकल्पिक ऊर्जाका हिस्सालाई वृद्धि गरी विश्वव्यापी ऊर्जा दक्षता सुधारको दरलाई दोब्बर गर्न त्यसतर्फ लगानी केन्द्रित गर्नुपर्ने देखिएको छ ।

आर्थिक सर्वेक्षणकाअनुसार गत फागुन मसान्तसम्म कूल जडित विद्युत् उत्पादन एक हजार ४४ मेगावाट पुगेको छ । त्यसमध्ये जलविद्युत्बाट ९९० मेगावाट, थर्मल प्लान्टबाट ५३.४ मेगावाट र सौर्य ऊर्जाबाट ०.७ मेगावाट रहेको छ ।

चालु आर्थिक वर्षको प्रथम आठ महिनामा विद्युत्भार कटौतीको लागि भारतबाट एक हजार ८३४ गिगावाट घण्टा बराबरको विद्युत् आयात भएको छ । गत आर्थिक वर्ष २०७३÷७४ मा भारतबाट दुई हजार १७९ गिगावाट घण्टा बराबरको विद्युत् आयात भएको थियो । चालु आर्थिक वर्षको आठ महिनामा निजी प्रवद्र्धकले ३९.४ मेगावाट विद्युत् थप गरेको छ भने प्राधिकरणको ३० मेगावाट क्षमताको चमेलिया आयोजनाको विद्युत् थप भएको छ ।

चालु आवको आठ महिनामा १३२ केभी क्षमताको एक हजार ५० किलोमिटर प्रसारण लाइन निर्माण भएको छ भने २२० केभी प्रसारण लाइनमध्ये एक हजार २३८ किलोमिटर निर्माणको क्रममा छ ।

कूल जनसंख्याको १८ प्रतिशतले नवीकरणीय ऊर्जा प्रयोग गरेका छन् । वैकल्पिक ऊर्जाअन्तरगत लघु साना जलविद्युत् आयोजनाबाट ३० मेगावाट र सौर्य तथा वायु ऊर्जाबाट २६.५ मेगावाट नवीकरणीय ऊर्जाको प्रयोग भएको छ । रासस

सम्बन्धित समाचार

महावाणिज्यदूत  खनालद्वारा  विभिन्न भेटघाट तथा छलफल सम्पन्न
बिबिध

महावाणिज्यदूत खनालद्वारा विभिन्न भेटघाट तथा छलफल सम्पन्न

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न
बिबिध

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना
बिबिध

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न
बिबिध

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो  !
बिबिध

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result