Monday, June 29, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

लक्ष्यअघिनै कटान नियन्त्रण योजना सम्पन्न

जेष्ठ १५, २०७५ १०:१२ मा प्रकाशित
Share on FacebookShare on Twitter

बाबियाचौर, म्याग्दी, १५ जेठ / जलजला गाउँपालिका–३ पुल्चोकमा कालीगण्डकी नदी कटान नियन्त्रणका लागि सञ्चालित योजना लक्ष्यभन्दा दुई महिना अघिनै सम्पन्न भएको छ ।

जलउत्पन्न प्रकोप व्यवस्थापन डिभिजन कार्यालय, बागलुङले २०७५ असार मसान्तसम्ममा सम्पन्न गर्ने सम्झौता गरेको नदी किनारमा पक्की पर्खाल निर्माण गर्ने योजना वैशाख अन्तिम साता सम्पन्न भएको हो ।

२०७४ पुस १० गते कालीगण्डकी नदी किनारमा ११५ मिटर लम्बाइ र सात मिटर उचाइ भएको आरसिसी पक्की पर्खाल निर्माणका लागि कार्यालय र सोमरस निर्माण सेवाबीच रु एक करोड २९ लाखमा ठेक्का सम्झौता भएको थियो ।

निर्माण सामग्रीको मूल्यवृद्धि र मजदूर अभावका बाबजुद पनि तोकिएको गुणस्तर र परिणामको काम लक्ष्यअघिनै सम्पन्न गरेको सोमरस निर्माण सेवाका सञ्चालक प्रदीप सापकोटाले जानकारी दिनुभयो ।

जोखिमयुक्त जिल्ला सदरमुकाम संरक्षण कार्यक्रमअन्तर्गत डिभिजनले कालीगण्डकी र म्याग्दी नदी किनारमा पक्की संरचना निर्माणका लागि योजना सञ्चालन गरेको छ । नदी किनारमा पक्की पर्खाल निर्माण भएपछि सुरक्षित महसुस गरेको पुल्चोकका कृष्ण जिसीले बताउनुभयो ।

स्थानीयवासी फौजसिंह विश्वकर्माले बाढी र कटानको त्रास हटेर ढुक्कसँग बस्न पाएकोमा खुशी व्यक्त गर्नुभयो । “कालीगण्डकीको बाढी कतिबेला बस्तीमा पस्छ भन्ने त्रासमा बर्खा कटाउनुपर्ने अवस्थाबाट मुक्त भएका छौँ” विश्वकर्माले भन्नुभयो ।

यसबाट दुईसय घर सुरक्षित भएका छन् । जलजला गाउँपालिका–२ को बगरफाँटमा कालीगण्डकी किनारको ९०० मिटर दूरीमा ६५० थान ग्याबियन पर्खाल लगाउने काम अन्तिम चरणमा पुगेको छ । ग्याबियन पर्खाल निर्माणका लागि रामकृष्ण कन्स्ट्रक्सनसँग रु ६५ लाखमा ठेक्का सम्झौता भएको थियो ।

उपभोक्ता समितिमार्फत जलजला–३ को कालीगण्डकी किनारको ७०० मिटर दूरीमा ५०० थान ग्याबियन जालीको पर्खाल निर्माणका लागि अर्को योजनासमेत सञ्चालन गरिएको डिभिजनका प्रमुख खगेन्द्र भट्टचनले बताउनुभयो । पहिलो चौमासिकमै ठेक्का सम्झौता गरिएकाले समयमै काम गर्न सफल भएको उहाँले बताउनुभयो ।

यसैगरी, म्याग्दी सदरमुकाम बेनी बजार संरक्षणणका लागि रु छ करोड २६ लाख पाँच हजार ९२२ को लागतमा कालीपुलस्थित कालीगण्डकीको बाँया किनारमा १२० मिटर र मंगलाघाटस्थित म्याग्दी नदी किनारमा ३२४ मिटर लामो मेसीनरी पर्खाल निर्माण भएको छ । नदी कटानबाट सदरमुकाम बेनी बजारलाई जोगाउने उद्देश्यले बनाइएको पर्खालको उचाइ छ मिटर छ ।

म्याग्दी र कालीगण्डकी नदीको दोभानमा १०० मिटर आरसिसी पर्खाल निर्माण भएको छ । एक वर्षको ठेक्का सम्झौता भएको यो योजनाको जिम्मा लिएको समानान्तर बिएन जेभीले पाँच महिनामै गत चैतमा सम्पन्न गरेको थियो ।

कालीगण्डकी किनारमा ३८० मिटर आरसिसी पर्खाल निर्माण गर्न रु पाँच करोड आठ लाख ३२ हजारमा सम्झौता गरेको खड्का कृष्ण जेभीले पनि कामलाई तीव्रता दिएको छ । रासस

सम्बन्धित समाचार

महावाणिज्यदूत  खनालद्वारा  विभिन्न भेटघाट तथा छलफल सम्पन्न
बिबिध

महावाणिज्यदूत खनालद्वारा विभिन्न भेटघाट तथा छलफल सम्पन्न

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न
बिबिध

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना
बिबिध

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न
बिबिध

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो  !
बिबिध

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result