Monday, June 29, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

सीमा क्षेत्रमा पर्यटन प्रवद्र्धन गरिँदै

जेष्ठ १६, २०७५ ११:२० मा प्रकाशित
Share on FacebookShare on Twitter

चितवन, १६ जेठ / पर्यटन प्रवद्र्धनका लागि निजी क्षेत्रले सक्रियता देखाएको छ ।

सीमा क्षेत्रका भारतीय शहरमा पुगेर त्यहाँका पर्यटन व्यवसायीमार्फत यहाँको पर्यटकीय महत्वका बारेमा प्रचारप्रसार गर्न लागिएको हो । नेपाल पर्यटन बोर्डको सहयोगमा क्षेत्रीय होटल संघ सौराहाले संयोजन गरी सीमा क्षेत्रमा यहाँको पर्यटकीय महत्वका बारेमा अन्तक्र्रियामार्फत प्रचारप्रसार गर्न थालिएको छ ।

चितवन, नवलपरासी, मकवानपुर, बारा र पर्साका पर्यटन व्यवसायीको टोलीले यही जेठ १७ गतेदेखि पाँच दिनसम्म भारतीय शहरमा त्यहाँका पर्यटन व्यवसायीसँग छलफल गरेर यहाँको पर्यटनका बारेमा जानकारी गराउने भएको हो । क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष सुमन घिमिरेका अनुसार पटना, लखनउ र वनारसमा कार्यक्रम गरिने छ ।

भारतीय पर्यटन बोर्ड, ट्राभल एजेण्ट, होटल व्यवसायी र पत्रकार सहभागी गराएर कार्यक्रम गरिनेछ । ती कार्यक्रममार्फत मुख्य रुपमा चितवन राष्ट्रिय निकुञ्ज र आसपास क्षेत्रमा भएका वन्यजन्तुको अवस्थाका बारेमा जानकारी गराइने छ । यस क्षेत्रका पर्यटकीय महत्व बोकेका ठाउँका बारेमा पनि जानकारी गराइने योजना छ ।

हात्तीपोलो, हात्ती दौडजस्ता जनावरसँग गरिने पर्यटकीय गतिविधिका बारेमा पनि अडियो भिडियोमार्फत जानकारी गराइने घिमिरेले बताउनुभयो । यस क्षेत्रका पर्यटकीय महत्व बोकेका ठाउँ र भारतीय शहरको दूरी, यहाँ आउन लाग्ने खर्च, यहाँका खाना, संस्कृति, परम्परालगायतका विषयमा जानकारी गराइनेछ ।

खुल्ला सीमाका कारण सहज रुपमा आवतजावत गर्न सकिने, एकैदिनमा आइपुग्न सकिने तथा छोटो समय र थोरै खर्चमा वन्यजन्तुसहितका पर्यटकीय महत्व बोकेका ठाउँको अवलोकन गर्न सकिने भएकाले भारतीय सीमा क्षेत्रका बासिन्दा यहाँ घुम्न आउन सहज हुने देखिन्छ । पर्यटन विकास समिति चितवनका अध्यक्ष दिलीप मैनालीले पहिलो पटक संस्थागत रुपमा उक्त अभियान शुरु गर्न लागिएको बताउनुभयो ।

भारतको विहार र उत्तर प्रदेशमा आर्थिक अवस्था राम्रो भएकाले यहाँको पर्यटकीय महत्व बुझाउन सकेमा त्यस क्षेत्रका पर्यटक यहाँ भित्रिने सम्भावना छ । विहार र उत्तर प्रदेशको जनसंख्या करिब ३४ करोड भएकाले एक प्रतिशतमात्रै नेपाल भित्र्याउन सके पनि यहाँको पर्यटन फस्टाउने घिमिरेको भनाइ छ । हाल दुई लाख हाराहारी पर्यटक भित्रिने चितवनमा पाँच लाख पर्यटक पु¥याउने लक्ष्य राखिएको छ ।

हाल नेपालमा ३० प्रतिशत भारतीय पर्यटक आउने गरेका छन् । सोही हाराहारीमा चितवन आउने गर्छन् । पछिल्लो समय होटल क्षेत्रमा लगानी बढ्दै जाँदा पर्यटक नबढेपछि निजी क्षेत्र प्रचारमा जुटेको हो । रासस

सम्बन्धित समाचार

महावाणिज्यदूत  खनालद्वारा  विभिन्न भेटघाट तथा छलफल सम्पन्न
बिबिध

महावाणिज्यदूत खनालद्वारा विभिन्न भेटघाट तथा छलफल सम्पन्न

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न
बिबिध

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना
बिबिध

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न
बिबिध

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो  !
बिबिध

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result