Monday, June 29, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

मुआब्जाको माग गर्दै पुल निर्माणमा अवरोध

जेष्ठ २४, २०७५ ३:२६ मा प्रकाशित
मुआब्जाको माग गर्दै पुल निर्माणमा अवरोध
Share on FacebookShare on Twitter

भीमदत्तनगर, २४ जेठ / महाकाली नदीमा निर्माणाधीन चार लेनको पक्की पुलसँगै बन्ने ६ लेनको सडक विस्तारका क्रममा ऐलानी र पर्ती जग्गा भोगचलन गर्दै आएका स्थानीयवासी आन्दोलित भएका छन् ।

विसं २०२२ देखि महाकाली नदी किनारमा बस्दै आएका भीमदत्तनगरपालिका–१२ ओदालीका स्थानीयवासीले न्यायिक मुआब्जा माग गर्दै पुल निर्माण कार्यमा दुई दिनदेखि अवरोध पु¥याएका छन् ।

स्थानीयवासीको अवरोधका कारण पुल निर्माणको काम रोकिएको भीमदत्तनगरपालिका–१२ ओदालीका वडाध्यक्ष कृष्ण देउवाले जानकारी दिनुभयो ।

ओदालीदेखि उत्तरतर्फ गड्डाचौकीसम्म निर्माण हुने करीब ६ किलोमिटर सडक विस्तारका क्रममा ऐलानी र पर्ती जग्गाधनीको जग्गा सडकमा मासिएकाले मुआब्जा दिने विषयमा सरकारी निकाय मौन रहेकाले आफूहरुले आन्दोलन गर्नु परेको ओदालीका सन्तराज पन्तले बताउनुभयो । आन्दोलनका क्रममा स्थानीयवासीले बुधबार जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्रसमेत बुझाएका छन् ।

महाकाली पुल योजना कार्यालयले ओदालीदेखि गड्डाचौकीसम्म जग्गाधनी पुर्जा भएको करीब २० हेक्टर क्षेत्रफलका लागि मुआब्जा दिन सूचना जारी गरेको छ ।

“ऐलानी र पर्ती जग्गाको लगत तीन महिनाको अवधिसम्म संकलन भएन ।” वडाअध्यक्ष देउवाले भन्नुभयो, “मुआब्जा नपाए सात परिवार पूर्णरुपमा विस्थापित हुने खतरा छ ।”

पुल निर्माणमा अवरोध गर्नुको उद्देश्य मुआब्जाको विषयमा सुनुवाइका लागि भएको स्थानीयवासी पन्तको भनाइ छ । “विकासमा अवरोध रहर नभई बाध्यता हो ।” उहाँले भन्नुभयो, “यो विषयमा हामीले शुरुदेखि नै माग गर्दै आएका थियौँ ।”

दशकौँ समय महाकालीको बाढी खपेर दिन काटेको बताउँदै उहाँले अहिले कुनै हालतमा बिना व्यवस्थापन विस्थापित हुन नसकिने बताउनुभयो ।

आठ महिनाअघि तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले महाकाली नदीमा बन्ने चार लिनेको पुलको भीमदत्तनगरपालिका–१२ ओदालीमा शिलान्यास गर्नुभएको थियो । पुलसँगै भीमदत्तनगरपालिकामा ६ किलोमिटर र पारि महाकाली नगरपालिकातर्फ डेढ गरी साढे सात किलोमिटर सडक निर्माणको ठेक्का सम्झौता भएको थियो ।

पुल निर्माणको जिम्मा पाएको कुमार सिएसइसी जेभीले पुलसँगै सडक विस्तारमा लागे पनि पुल आयोजनाको कार्यालयले भने मुआब्जाको विषय अझै टुङ्ग्याउन सकेको छैन । निर्माण कम्पनीले पुलसँगै सडक विस्तारका लागि ग्राभेलसमेत हालिरहेको छ । सडक निर्माणस्थलमा करीब एक हजार ३०० मिटर क्षेत्रफल ऐलानी जग्गा, नदीको ड्याम र सार्वजनिक जग्गा परेको छ ।

चालू आर्थिक वर्षभित्र मुआब्जाका लागि सरकारले रु १० करोड रकमसमेत विनियोजन गरेको छ । पुल आयोजनाको ढिलासुस्तीकै कारण उक्त रकम फ्रिज हुने अवस्थामा छ । रु तीन अर्ब २७ करोड ९३ लाख ३४ हजारमा निर्माणको सम्झौता भएको छ । निर्माण अवधि तीन वर्ष तोकिएको छ ।

पुल शिलान्यास गर्न ओदाली पुग्नुभएका पूर्व प्रधानमन्त्री देउवाले समेत ऐलानी र पर्ती जग्गाधनीलाई केही न केही राहत हुने गरी व्यवस्थान गर्ने आश्वासन दिनुभएको थियो । रासस

सम्बन्धित समाचार

महावाणिज्यदूत  खनालद्वारा  विभिन्न भेटघाट तथा छलफल सम्पन्न
बिबिध

महावाणिज्यदूत खनालद्वारा विभिन्न भेटघाट तथा छलफल सम्पन्न

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न
बिबिध

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना
बिबिध

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न
बिबिध

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो  !
बिबिध

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result