Monday, June 29, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

दूध नबिकेपछि गाईवस्तुलाई खोले

असार ३, २०७५ ११:०९ मा प्रकाशित
दूध नबिकेपछि गाईवस्तुलाई खोले
Share on FacebookShare on Twitter

बनियानी, झापा, ३ असार / झापा शरणामतीका किसानले दूध नबिकेपछि सडकमा फालेका छन् ।

करीब ३०० किसानले उत्पादन गरेको दूध नबिकेपछि त्यसको विरोध गर्दै शनिबार उनीहरुले सडकमा दूध फालेका हुन् । झापा गाउँपालिका–४ शरणामतीका पशुपालक किसान ओमप्रकाश अधिकारीले आफूले उत्पादन गरेको दूध नबिकेपछि समस्या भएको बताउनुभयो ।

सात वटा गाई पाल्नुभएका उहाँले दैनिक २० लिटर दूध उत्पादन गर्दै आउनुभएको छ । “दैनिक २० लिटर दूध उत्पादन हुन्छ”, उहाँले भन्नुभयो, “यति धेरै दूध घरमै खपत हुँदैन, नबिकेपछि दही बनाएर गाईवस्तुलाई खोले दिने गरेका छौँ ।”

सोही स्थानका अर्का पशुपालक किसान भवानी तिम्सिनाले ऋण काढेर गाई पालेकाले दूध बिक्री नहुँदा बैंकको ऋण तिर्न धौ–धौ परेको बताउनुभयो । “दैनिक २२ लिटर दूध उत्पादन हुन्छ”, उहाँले भन्नुभयो, “पहिले महिनाको ३५÷४० हजार आम्दानी हुन्थ्यो, अहिले बेहाल छ ।” शुरुमा गाईपालन गर्दा उत्साह भए पनि अहिले बिक्री नहुँदा समस्या भएकाले बताउनुभयो ।

बैंकबाट रु दुई लाख ऋण लिएर गाईपालन गर्न थाल्नुभएकी लीलादेवी बानियाँले आफ्नो थातथलो उठ्ने अवस्था आएको बताउनुभयो । “दैनिक ३० लिटर दूध उत्पादन हुन्छ”, उहाँले भन्नुभयो, “बिक्री हुँदैन, कसरी ऋण तिर्नु ।”

तीन वर्षदेखि गाईपालन गर्दै आउनुभएका मोहन भट्टराईले शुरुका दिनमा मासिक रु ८० हजारसम्म कमाई गरेको अनुभव सुनाउँदै भन्नुभयो, “शुरुमा राम्रो आम्दानी भएपछि लगानी बढाएर गाई फार्म नै सञ्चालन गरेँ, अहिले गाह्रो भयो ।” १५ वटा गाई पाल्दै आउनुभएका भट्टराईले रु एक लाख २५ हजारमा किनेको उन्नत जातको गाई २५ हजारमा बेच्न खोज्दा पनि नबिकेको बताउनुभयो ।

दुई वर्षअघि नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)ले किसानको घरघरमा गएर दूध उत्पादन गर्न आग्रह गरेको र सोही अनुसार किसानले दूध उत्पादन गरे पनि अहिले संस्थाले दूध खरीद नगरेको झापा गापा–४ का किसान मदन खत्रीले बताउनुभयो । “सहकारीले दूध उत्पादनका लागि ऋण दियो, शुरु–शुरुमा दूध किन्यो पनि”, उहाँले भन्नुभयो, “अहिले हप्तामा चार दिन दूध लिन्छ, तीन दिन लिँदैन ।” सहकारीले किसानलाई दूध उत्पादन गर्न प्रोत्साहन गरे पनि हाल दूधको मूल्य कम दिने, दूध लिए पनि कम लिने गरेको उहाँले गुनासो गर्नुभयो ।

एनएमसीले दूध खरीद गर्नुअघि भारतीय बजारमा दूध बिक्री गरिँदै आएको अर्का किसान चन्द्रबहादुर कार्कीले बताउनुभयो । “एनएमसीले दूध किन्ने भनेपछि भारत दूध पठाउन छाडियो, भारतबाट आउने ग्वाला पनि आउन छाडे”, उहाँले भन्नुभयो, “अहिले भारतीय बजार पनि छैन, एनएमसीले पनि दूध लिँदैन ।”

झापा गाउँपालिकाले किसानलाई दूध भण्डारणका लागि रु २० लाखको लागतमा चिस्यान केन्द्र निर्माण गरिदिने भएको छ । चिस्यान केन्द्रको भवन निर्माणको काम धमाधम भरहेको छ भने यहाँको दूध डिडिसीलाई बिक्री गर्ने विषयमा पहल भइरहेको स्थानीयवासी गोपाल खत्रीले बताउनुभयो । यहाँ करीब ३०० किसानले दैनिक तीन हजार लिटर दूध उत्पादन गर्दै आएका छन् । दूध बिक्री हुन समस्या भएपछि किसानले गाईको संख्या कटौती गर्न थालेका छन् । रासस

सम्बन्धित समाचार

महावाणिज्यदूत  खनालद्वारा  विभिन्न भेटघाट तथा छलफल सम्पन्न
बिबिध

महावाणिज्यदूत खनालद्वारा विभिन्न भेटघाट तथा छलफल सम्पन्न

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न
बिबिध

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना
बिबिध

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न
बिबिध

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो  !
बिबिध

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result