Monday, June 29, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

सुक्खा सहने धानको बीउ सिफारिश गर्दै नार्क

असार ७, २०७५ २:०६ मा प्रकाशित
सुक्खा सहने धानको बीउ सिफारिश गर्दै नार्क
Share on FacebookShare on Twitter

ललितपुर, ७ असार / नेपाल कृषि अनुसन्धान परिषद्(नार्क) ले सुक्खा सहन सक्ने गुण भएको धानको बीउ किसानका लागि सिफारिश गर्ने भएको छ ।

जलवायु परिवर्तनको असर धान बालीमा प्रत्यक्ष देखिन थालेपछि नार्कले प्रतिकूल मौसममा समेत उत्पादन दिनसक्ने बीउ अध्ययन गरेर बीउबिजन गुणस्तर नियन्त्रण केन्द्रमा पठाउने तयारी गरेको बाली विज्ञान महाशाखाले जनाएको छ ।

एउटा धानको बीउ नार्कले सिफारिश गरेर किसानसम्म पुग्न झण्डै छ÷सात वर्षसम्म लाग्छ । पहिले नार्कले आफ्नै खेतमा धान रोपेर त्यसको सुक्खापन प्रतिरोधी क्षमता, रोग प्रतिरोधी क्षमता, उत्पादनलगायतको अध्ययन गरिने प्राविधिक अतित पराजुलीले बताउनुभयो ।

उहाँ भन्नुहुन्छ, “अहिले हामीले किसानलाई सिफारिश गरिरहेका बीउभन्दा राम्रो नतिजा दिँदा हामी यहाँबाट नयाँ बीउ सिफारिश गर्छौं ।” अहिले सिफारिशका क्रममा रहेको बीउ मसिनो धानका बीउ हुन । यि जातमा सुक्खा सहने गुणसँगै नार्कले सिफारिश गरिरहेको खुमल–४, खुमल–८ र खुमल–१० भन्दाबढी उत्पादन दिन्छन् ।

खुमल–८ र खुमल–१० यहाँबाट झण्डै तीन वर्ष पहिले सिफारिश भएको हो । यि जातमा भन्दा राम्रो गुण देखिएकाले नयाँ बीउ सिफारिश हुन लागेको पराजुली बताउनुहुन्छ । “अहिले सिफारिश गरेको बीउभन्दा राम्रो गुण हुँदा मात्रै नयाँ बीउ सिफारिश गर्छौं,” उहाँले भन्नुभयो र

जलवायु परिवर्तनको प्रत्यक्ष असर धानबालीमा परेको छ । समयमा पानी नपर्दा किसानले रोपाइँ गर्न पाउँदैनन् । त्यसैले अगौटे बीउ किसानले चाहेका छन् । समयमा रोपाइँ नहुँदा धानको बाला लाग्दासम्म जाडो मौसम आइसक्छ । फूल फुल्ने र बाला लाग्न बढी तापक्रम चाहिन्छ तर ढिला रोप्दा जाडो आइसक्छ । नयाँ सिफारिश हुन लागेका जातमा सुक्खा सहन सक्ने गुण भएकाले पानी नपर्दासमेत असर नगर्ने पराजुलीको भनाइ छ ।

सुक्खा सहनसक्ने धानको बीउले प्रतिकूल मौसममा समेत समयमा नै फूल फुल्ने र बाला लाग्छ । वर्षाको समयमा कम पानी पर्दासमेत उत्पादन नघट्ने पराजुलीको भनाइ छ । अहिलेको मागअनुसार अगौटे धानका बीउको अध्ययन र अनुसन्धानमा बढी जोड दिएको पराजुलीले बताउनुभयो ।

मौसम बालीका लागि प्रतिकूल हुँदा कीरा र ढुसीका लागि अनुकूल हुन सक्छ । धानमा लाग्ने विभिन्न रोग अवरोधक बीउको अध्ययन गरे अहिलेसम्म अवरोधक जातको विकास हुन सकेको छैन । नयाँ सिफारिश गरेका जातमा रोगसँग लड्ने क्षमता बढी छ । नार्कले सिफारिश गरेको बीउ गुणस्तर नियन्त्रण केन्द्रमा पठाउँछ । कुन क्षेत्रका लागि र कुन अवस्थामा कस्तो उत्पादन दिने प्रष्ट पारेर प्रस्ताव केन्द्रमा पठाउने गरिएको पराजुली बताउनुहुन्छ । केन्द्रको प्राविधिक समितिको बैठकबाट स्वीकृत गरेपछि मात्रै राजपत्रमा प्रकाशित हुन्छ । उहाँ भन्नुहुन्छ, “त्यसपछि मात्रै हामी बीउ वितरण थाल्छौँ ।”

नार्कको आफ्नो प्रयोगका लागि रोप्दा र किसानको खेतमा रोप्दा उत्पादन फरक हुन सक्ने भएकाले यहाँ अनुसन्धानका क्रममा सफल देखिएका बीउ किसानका खेतमा समेत परीक्षणका लागि लगाउने गरिएको छ । यहाँका खेतमा जसरी किसानको खेतमा पर्याप्त मलखाद, सिँचाइ र गोडमेल नपुग्न सक्छ । “हामीले दुई÷चार ठाउँका किसानका खेतमा लगाएर हेरेपछि मात्रै त्यो बीउ सही हुने निष्कर्षमा पुग्छौँ,” उहाँले भन्नुभयो ।

नार्कले न्यूनतम मापदण्डका रुपमा कतिपय जातका धानलाई मानेको छ । कम्तीमा ती जातले बराबर वा त्योभन्दा बढी उत्पादन दिँदामात्रै नयाँ धानका जात सिफारिश हुन्छन् । खुमल–४, खुमल–१०, खुमल–११ र खुमल–१३ लाई न्यूनतम मापदण्ड मानेर त्योभन्दा बढी उत्पादन दिने धानको बीउ यहाँबाट सिफारिश हुन्छ ।

अहिलेसम्म मसिनो र मोटो धानको उन्नत जातका बीउ सिफारिश हुँदै आएको छ । आगामी दिनमा मागका आधारमा बासनादार धान, हाइब्रिडसमेत सिफारिशका लागि अध्ययन÷अनुसन्धान भइरहेको छ । नार्कले पहाडका लागि बाली विज्ञान महाशाखा र तराईका लागि जनकपुरस्थित धान विकास कार्यक्रम, हर्दिनाथमार्फत बीउ सिफारिश गर्दै आएको छ । रासस

सम्बन्धित समाचार

महावाणिज्यदूत  खनालद्वारा  विभिन्न भेटघाट तथा छलफल सम्पन्न
बिबिध

महावाणिज्यदूत खनालद्वारा विभिन्न भेटघाट तथा छलफल सम्पन्न

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न
बिबिध

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना
बिबिध

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न
बिबिध

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो  !
बिबिध

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result