Monday, June 29, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

कालीगण्डकीको पानी लिफ्ट गरेर तानसेन ल्याइँदै

असार ११, २०७५ ३:३६ मा प्रकाशित
Share on FacebookShare on Twitter

रामपुर, पाल्पा, ११ असार ९ / तानसेन नगरपालिकाका जनतालाई यसै वर्ष २४ सै घण्टा घरघरमा खानेपानीको सुविधा उपलब्ध गराइने भएको छ । तानसेन कालीगण्डकी लिफ्ट खानेपानी योजनाबाट तानसेनका बासिन्दालाई सुविधा उपलब्ध गराइने भएको हो ।

उपभोक्ता समिति, निर्माण कम्पनी र खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले एकवर्षभित्र सो आयोजना निर्माणका सम्पूर्ण काम सकी पानी वितरण गर्ने प्रतिबद्धता जनाएका छन् । प्रतिसेकेण्ड ४० लिटर पानी तान्ने क्षमतासहितको सो आयोजनाको हालसम्म ४० प्रतिशत काम सकिएको छ । हाल तानसेनमा पाँच दिनमा एक घण्टा खानेपानी वितरण हुँदै आएको छ ।

कालीगण्डकी लिफ्टबाट दैनिक १८ घण्टा पम्प सञ्चालन गर्दा २४ लाख लिटर पानी तानसेनको बतासेडाँडामा आउनेछ । हाल तानसेनमा भुल्के, सिस्ने, तीनधारा र होलाङ्दीबाट लिफ्ट गरी खानेपानी वितरण हुँदै आएकामा कालीगण्डकीको लिफ्ट खानेपानी योजना थपिएपछि दैनक ४० लाख लिटर हाराहारीमा पानी आपूर्ति हुने तानसेन खानेपानी उपभोक्ता समितिका अध्यक्ष चकोरमान शाक्यले बताउनुभयो ।

उक्त योजनाबाट अहिलेसम्म पानी तान्नका लागि विद्युत् जडानको काम सकिएको र पानी संकलनका लागि कालीगण्डकीमा इनार निर्माणको काम भइरहेको छ । पानी तान्न विभिन्न पाँचवटा स्थानबाट एक÷एक लाख लिटर ट्याकी निर्माण गर्नुपर्नेमा तीनवटा ट्याङ्की निर्माण गरिएको छ । दुईवटा निर्माणको चरणमा रहेको र आठ इन्चको पाइप जडानको काम भइरहेको निर्माण कम्पनीका साइट इन्जिनियर दीपक न्यौपानेले जानकारी दिनुभयो ।

रु ४० करोडमा निर्माण भइरहेको तानसेन रानीघाट लिफ्ट खानेपानी योजना संझौता बमोजिम २०७५ मंसिर ७ गतेभित्र सक्नुपर्ने छ । खानेपानी योजनाको काम युद्धस्तरमा भइरहेको छ । विसं २०७५ फागुन चैतभित्र तानसेनका जनतालाई कालीगण्डकीको पानी खुवाउने खानेपानी तथा सरसफाइ डिभिजनका प्रमुख केशवलाल शाक्यले बताउनुभयो । कालीगण्डकीको पानीले आगामी १५ वर्षका लागि अन्य स्रोत खोज्न नपर्नेमा उहाँले जोड दिनुभयो ।

तानसेन खानेपानी उपभोक्ता समितिले हाल निर्माण भइरहेको कालीगण्डकी लिफ्ट खानेपानी योजनाको निर्माणस्थलमा अवलोकन गराएको छ । निर्वाचित जनप्रतिनिधि, खानेपानी उपभोक्ता समितिका पदाधिकारी, राजनीतिक दल, पत्रकार, तथा सरकारी कार्यालयका प्रमुख, होटल व्यवसायी र उपभोक्ताले उक्त क्षेत्रको अवलोकन गरेका हुन् ।

कालीगण्डकीको पानी खान पाउने आशामा तानसेनवासीमा खुशियाली छाएको छ । सो कार्यका लागि नयाँधारा जडान गर्न निवेदन दिएको एक हप्तामै उपभोक्ताको घरमा धारा जडान हुने उपभोक्ता समितिले जनाएको छ । हाल तानसेनमा २० लाख लिटर पानीको आवश्यकता भएकामा दैनिक सात लाख लिटर आपूर्ति हँुदै आएको छ । रासस

सम्बन्धित समाचार

महावाणिज्यदूत  खनालद्वारा  विभिन्न भेटघाट तथा छलफल सम्पन्न
बिबिध

महावाणिज्यदूत खनालद्वारा विभिन्न भेटघाट तथा छलफल सम्पन्न

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न
बिबिध

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना
बिबिध

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न
बिबिध

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो  !
बिबिध

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result