Monday, June 29, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

छन्त्याल संग्रहालय स्थापनाका लागि भवन निर्माण

असार २०, २०७५ १०:०३ मा प्रकाशित
Share on FacebookShare on Twitter

बाबियाचौर, म्याग्दी, २० असार / अल्पसंख्यक छन्त्याल समुदायको सांस्कृतिक पहिचानको संरक्षण गरी पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले म्याग्दीको रघुगंगा गाउँपालिका–६ ठाडाखानीका बासिन्दाले छन्त्याल संग्रहालय स्थापनाका लागि भवन निर्माण गरेका छन् ।

स्थानीयवासी, प्रवासी नेपाली र गाउँपालिकाको सहयोगमा रु ४० लाख भन्दा बढीको लागतमा सभाहलसहितको दुई तले तीन कोठे सामुदायिक भवन निर्माण गरिएको हो । भूइँतलामा सभाहल, भान्छाकोठा, डाइनिङ हल तथा माथिल्लो तलाको एउटा कोठामा संग्रहालय र अर्कोमा पाहुना घर सञ्चालन गर्ने तयारी भएको उपभोक्ता समितिका अध्यक्ष दलमान छन्त्यालले बताउनुभयो ।

अध्यक्ष छन्त्यालका अनुसार उक्त भवन निर्माणका लागि गाउँपालिकाले चालु आवमा रु सात लाख ७०० उपलब्ध गराएको युवा क्लब, आमा समूह, स्थानीयवासी र प्रवासीबाट रु ३३ लाख लगानी भएको छ । पक्की भवन निर्माणका लागि हालसम्म रु ४० लाख खर्च भएको उपभोक्ता समितिले जनाएको छ ।

सो भवनमा छन्त्याल समुदायको दैनिक जीवनयापनमा प्रयोग हुने परम्परागत सामग्री, जातीय पहिचान झल्कने वेषभूषा, जन्म, विवाह, छेवार, किरिया जस्ता संस्कारगत कार्यमा प्रयोग हुने सामान, ऐतिहासिक लिपी आदि सामग्री संकलन गरेर संग्रहालय सञ्चालन गर्ने तयारी भएको वडा सदस्य टेकजित छन्त्यालले बताउनुभयो ।

धार्मिक पर्यटकीय स्थल मालिकाधुरीको फेदीमा अवस्थित ठाडाखानी भ्रमणमा आउने स्वदेशी तथा विदेशी पर्यटकको सुविधाका कारण सो भवनमा पाहुना घर समेत सञ्चालन गर्ने लक्ष्य रहेको उहाँले बताउनुभयो ।

परम्परागत रुपमा खानी खन्ने पेशा अगाल्दै आएका छन्त्याल समुदायको म्याग्दीको ठाडाखानी, कुइनेमंगले, मल्कवाङ, मच्छिम र गुर्जामा बाहूल्य बसोवास छ ।

टेलिटिचिङका लागि स्मार्ट टिभी प्रदान

म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले विद्यालयलाई टेलिटिचिङ (दूर शिक्षा) सञ्चालनका लागि स्मार्ट टिभी वितरण गरेको छ । गाउँपालिकाभित्र रहेका १० माध्यमिक विद्यालयलाई टेलिटिचिङका लागि गाउँपालिका अध्यक्ष डमबहादुर पुनले १० वटा स्मार्ट टिभी हस्तान्तरण गर्नुभएको हो ।

गाउँपालिकाको आर्थिक सहयोग, राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनको प्राविधिक सहयोगमा गाउँपालिकास्तरीय शिक्षक महासंघ कार्यसमितिको समन्वयमा १० वटा मावि तहका विद्यालयमा उच्च गतिको इन्टरनेट जडान गरी स्मार्ट टिभीमार्फत टेलिटिचिङ शुरु गर्नका लागि तयारी तीव्र पारिएको छ ।

आगामी साउन महिनादेखि नै विद्यालयमा टेलिटिचिङलाई शुरु गर्नका लागि स्मार्ट टिभी वितरण तथा प्राविधिक जडानको काम भएको बताउँदै हरेक विद्यालयले प्रविधियुक्त कक्षा कोठाको व्यवस्थापन, विद्यालयमा रहेको जनशक्ति परिचालन गरी टेलिटिचिङ प्रभावकारी बनाउन अध्यक्ष पुनले आग्रह गर्नुभयो ।

विद्यालयमा विज्ञान, गणित र अंग्रेजी विषयका शिक्षक अभाव भइरहने र विद्यार्थीको नियमित पठनपाठनमा नै समस्या आउने गरेको सन्दर्भमा टेलिटिचिङ उपयोगी हुने अध्यक्ष पुनले बताउनुभयो ।

टेलिटिचिङको शुरुवातका लागि चालु आर्थिक वर्षमै गाउँपालिकाले रु १० लाख बजेट विनियोजन गरेको थियो भने गाउँपालिका अध्यक्ष पुनको सक्रियतामा रु पाँच लाख ५० हजार सहयोग जुटेको थियो । रासस

सम्बन्धित समाचार

महावाणिज्यदूत  खनालद्वारा  विभिन्न भेटघाट तथा छलफल सम्पन्न
बिबिध

महावाणिज्यदूत खनालद्वारा विभिन्न भेटघाट तथा छलफल सम्पन्न

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न
बिबिध

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना
बिबिध

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न
बिबिध

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो  !
बिबिध

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result