Friday, June 26, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

फ्रान्स फिफा विश्वकप च्याम्पियन्स

असार ३१, २०७५ ११:११ मा प्रकाशित
फ्रान्स फिफा विश्वकप च्याम्पियन्स
Share on FacebookShare on Twitter

अमेरिका, जुलाई १५

फिफा विश्वकप २०१८ को फाइनलमा फ्रान्सले क्रोयसियालाई ४-२ गोलले हराउँदै दोश्रोपटक फिफा विश्वकप जितेको छ। १९९८ मा पहिलोपटक विश्वकप जितेको फ्रान्सले २० बर्षपछि इतिहास दोहय्राउँदै फिफा विश्वकप  ट्रफी आफ्नो नाममा पारेको हो। खेलको १८ औं मिनेटमा क्रोयसियन खेलाडी मारिया म्यान्दुजुकीले फ्रान्सेली फर्वार्ड ग्रिजम्यानको फ्रि-किकलाई हेडिंग-क्लियर गर्ने प्रयास गर्दा आफ्नै गोलपोष्टमा गोल भएपछि फ्रान्सले १-० गोलले अग्रता लिएको थियो। त्यस लगत्तै २८ औं मिनेटमा क्रोयसियन फर्वार्ड पेरिसिकले सुन्दर गोल गर्दै खेल बाराबरीमा ल्याएका थिए। तर ३८ औं मिनेटमा डिबक्समा पेरिसिकले ह्याण्ड गरेको भन्दै भिडियो असिस्टेन्ट रेफ्रीको मद्दतबाट फ्रान्सले पेनाल्टीको अवसर पायो। ग्रिजम्यानले पेनाल्टी गोलमा बदलिदिए र खेल फ्रान्सको पक्षमा गयो। हाफटाइम अघि २-१ गोलको अग्रतालाई  दोश्रो हाफको ५९ औं मिनेटमा फ्रान्सेली मिडफिल्डर पल पोग्वाले गोल गरेर ३-१ मा पुय्राए। दुई गोलको अग्रता लिइरहेकै बेला फ्रान्सका सर्वाधिक चर्चामा रहेका ‘टिन स्ट्राइकर’ एमबाप्पेले ६५ औं मिनेटमा गोल गर्दै फ्रान्सको जीत लगभग निश्चित गरे।

म्यान्दुजुकीले ६९ औं मिनेटमा फ्रान्सेली किपरलाई छक्याउँदै अप्रत्याशित गोल गरेर  क्रोयसियाको खेलमा फर्कने आशा जगाए। उनले दुर्भाग्यवश गरेको आत्मघाती गोलको बदलामा एक गोल देशको लागि गर्न भ्याए।  म्यान्दुजुकी विश्वकप फाइनलमा दुबै पोष्टमा गोलगर्ने एकमात्र खेलाडीका रुपमा दर्ज समेत भए। 

क्रोयसियाका लागि दुर्भाग्य आत्मघाती गोलबाट शुरु भयो भने लगत्तै पेनाल्टी समेत पाएकाले दुई गोल फ्रान्सको लागि बोनस नै साबित भयो। यो विश्वकपमा नकआउट स्टेजमा सबै खेल क्रोयसियाले एक गोलले पछाडि परेपछिको अवस्थाबाट फर्केर नै जितेको थियो। धेरैलाई लागेको थियो, क्रोयसियाले फाइनलमा पनि त्यही नतिजा दोहय्राएर विश्वकप जित्ने छ। तर क्रोयसियाको दुर्भाग्य, आज त्यस्तो हुन सकेन र फ्रान्स विश्व च्याम्पियन भई छोड्यो। 

रसियाको राजधानी स्थित लुजनिकी स्टेडियममा संसार कै सबभन्दा ठूलो फुटबल उत्सवको फाइनल जित्दै फ्रान्सले दोश्रो पटक विश्वकप जितेको खुसी मनायो भने क्रोयसियाले हारको पिडा दवाउने प्रयास गय्रो। 

 

विश्वकप फाइनलमा समेत गरेर चार गोल गरेका फ्रान्सेली स्ट्राइकर एन्टोनियो ग्रिजम्यान म्यान अफ द म्याच घोषित भए। विश्वकप २०१८ मा ७ खेलबाट ६ गोल गर्दै ईंगल्याण्डका ह्यारी केनले एडिडास गोल्डेन बुट उपाधि जिते भने २७ वटा गोलपोष्ट प्रहार बचाएका बेल्जियमका थिबट कोर्टसले उत्कृष्ट गोलकिपरको उपाधि सहित गोल्डेन ग्लोब्स जिते। क्रोयसियन क्याप्टेन लुका मोड्रिक ‘म्यान अफ द टुर्नामेण्ट’ हुँदै गोल्डेन बल जिते। फिफाको युवा खेलाडी पुरस्कार भने फ्रान्सेली युवा स्ट्राइकर एम्बाप्पेले पाए। 

६४ खेलबाट कुल १६९ गोल भएको विश्वकपमा सात खेल खेलेर १६ गोल गर्दै टूर्नामेण्टमा सबभन्दा धेरै गोलगर्ने रेकर्ड बेल्जियमले बनायो। बेल्जियमले ट्युनिसियासंगको एउटै खेलमा सात गोल गरेको थियो।   

२१९ पहेंलो कार्ड र चार रातो कार्डको प्रयोग भयो। फिफा फेयर प्ले अवार्डबाट स्पेन सम्मानित भयो। फाइनल पश्चात आयोजित पुरस्कार वितरण समारोहमा रसियन राष्ट्रपति भ्लादिमिर पुटिन र फिफाका अध्यक्ष गियानी इन्फ्यान्टिनोले बिजेता तथा उपबिजेता टोलीलाई पुरस्कार वितरण गरे। युवा खेलाडीहरुको बाहुल्यता रहेको फ्रान्सेली खेलाडीहरु फिफाका अध्यक्षले क्याप्टेन लोरिसलाई फिफा वर्ल्डकप ट्र्फी हस्तान्तरण गरेपछि फ्रान्सेली खेलाडी र स्टेडियममा उपस्थित फ्यानहरुको खुसीले पुरै स्टेडियमको माहौल उल्लासमय भएको थियो। समापन समारोहमा परेको ठूलो पानीको समेत वेवास्ता गर्दै फ्रान्सेली खेलाडीहरुले जीतको उत्सव आफ्ना राष्ट्रपति इम्यानुअल म्याक्रंसंग पानीमा  भिज्दै मनाए। पानीमा रुझ्दै क्रोयसियन जर्सीमा सजिएकी क्रोयसियन राष्ट्रपति कोलिन्दा ग्रेबर कितारोभिकले आफ्ना खेलाडी र कोचसंग आत्मीयतापूर्वक अंगालो मारेको दृश्यले सबै दर्शकहरुको ध्यान खिचेको थियो। 

विश्व फुटबलको महामेला अब चार बर्षका लागि समाप्त भएको छ। फुटबल फ्यानहरुको ध्यान अब कतारमा हुने २०२२ को विश्वकपमा केन्द्रित हुनेछ।

फिफा विश्वकको समापन लगत्तै विश्व बिख्यात गायिका एवं दक्षिण अफ्रिका विश्वकप २०१० को उद्घाटन समारोहकी गायिका साकिराले (वाका-वाका.. दिस टाइम फर अफ्रिका) फ्रान्सलाई विश्वकप जितेको फ्रान्स र क्रोएसियालाई उत्कृष्ट खेल खेलेकोमा बधाई दिएकी छिन्। यसैगरी अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले पनि विश्वकप फुटबल जितेकोमा फ्रान्सलाई बधाई दिएका छन्। आज फाइनल पश्चात एक ट्वीट गर्दै राष्ट्रपति ट्रम्पले सफलतापूर्वक विश्वकप आयोजना गरेकोमा रसियन राष्ट्रपति पुटिनलाई समेत बधाई दिएका छन्। 

तस्वीर: फिफा

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result