Wednesday, June 24, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

रु एक करोड भन्दा बढी अनुदान वितरण

असार ३२, २०७५ ३:१५ मा प्रकाशित
रु एक करोड भन्दा बढी अनुदान वितरण
Share on FacebookShare on Twitter

बाबियाचौर, म्याग्दी, ३२ असार / शून्य दरबन्दीमा सञ्चालित म्याग्दीका ४२ वटा सामुदायिक विद्यालयले रु एक करोड भन्दा बढी अनुदान पाएका छन् ।

समुदायस्तरबाट चन्दा सहयोग जुटाएर निजी स्रोतमा शिक्षकको तलब भत्ताको व्यवस्था गर्दै आएका १९ वटा माध्यमिक, १–५ तहका १० र १–८ तहका १३ वटा सामुदायिक विद्यालयलाई रु एक करोड नौ लाख ९७ हजार अनुदान उपलब्ध गराइएको जिल्ला शिक्षा विकास तथा समन्वय इकाइले जनाएको छ ।

आर्थिक वर्ष २०७५÷७६ का लागि कम्तीमा एकजना शिक्षकलाई एक वर्षको तलब उपलब्ध गराउनसक्ने गरी १९ वटा मावि र २३ वटा आधारभूत विद्यालयलाई शिक्षण सिकाइ अनुदान शीर्षकमा शिक्षकको तलब भत्ताका लागि अनुदान उपलब्ध गराइएको इकाइका प्रमुख दलबहादुर थापाले जानकारी दिनुभयो ।

सञ्चालन अनुमति भए पनि दरबन्दी तथा राहत अनुदान नपाएका सामुदायिक विद्यालयलाई लक्षित गरी संघीय सरकारले उक्त बजेटको व्यवस्था गरेको हो ।

एउटा विद्यालयले विद्यार्थी संख्या र सिकाइ उपलब्धिको आधारमा रु एक लाख २९ हजारदेखि रु चार लाख १५ हजारसम्म अनुदान पाएका छन् । निजी स्रोतका शिक्षकको तलब तथा भत्ताको व्यवस्था गर्न नसकेर बन्द हुने अवस्थामा पुगेका सामुदायिक विद्यालयलाई ठूलो राहत पुगेको धवलागिरि गाउँपालिका– २ को लमसुङ माविका प्रअ तुलसी सुवेदीले बताउनुभयो ।

शून्य दरबन्दीमा सञ्चालित सामुदायिक विद्यालयलाई अनुदानका लागि आगामी आर्थिक वर्षमा धवलागिरि गाउँपालिकाले रु १८ लाख ५० हजार र मंगला गाउँपालिकाले रु २५ लाख बजेट विनियोजन गरेका छन् ।

यसैगरी कार्यालयले रु १६ लाखका दरले उपलब्ध गराएको अनुदानबाट ११ वटा विद्यालयमा दुई कोठे भबन निर्माण गरिएका छन् । रु ३६ लाखका दरले उपलब्ध गराइएको अनुदानबाट आठवटा विद्यालयमा चार कोठे भवन निर्माण भएको इकाइका प्रमुख थापाले जानकारी दिनुभयो ।
नौ वटा विद्यालयमा शौचालय निर्माणका लागि रु छ लाख र १२५ वटा कक्षा कोठा मर्मतका लागि रु पचास हजारका दरले अनुदान वितरण भएको छ । विद्यालय भवन, शौचालय निर्माण, मर्मत तथा अन्य पूर्वाधारका लागि रु दश करोड २३ लाख बजेट विनियोजन भएकामा रु नौ करोड ६९ लाख ६४ हजार खर्च भएको छ ।

पन्ध्र वटा विद्यालयमा इन्टरनेटको माध्यमबाट अध्यापन गराउनका लागि सूचना प्रविधिका सामग्री र २० वटा विद्यालयमा पुस्तकालय स्थापनाका लागि रु ६ लाख ५० हजारका दरले सहयोग गराइएको छ । उच्च सिकाइ उपलब्धि भएको बेनपा– ६ को जामुनाखर्क माविलाई रु दुई लाख प्रोत्साहन उपलब्ध गराइएको छ ।

न्यून सिकाइ उपलब्धि भएको चन्द्रज्योति मावि खिवाङ, जनजाग्रिति मावि मल्कवाङ र राष्ट्रिय माविलाई रु एक लाखका दरले शिक्षण सिकाइमा सुधार ल्याउन सहयोग गरिएको छ । अनौंपचारिक शिक्षा तथा निरन्तर सिकाइ कार्यक्रम अन्तर्गत ५७ वटा साक्षरता कक्षा सञ्चालन गरेको कार्यालयले म्याग्दीलाई साक्षर जिल्ला घोषणा गरिएकामा आर्थिक वर्ष २०७४÷७५ को मुख्य शैक्षिक उपलब्धिको रुपमा लिएको छ । रासस

सम्बन्धित समाचार

तलब खुवाउन नसकेकै कारण वीरका कर्मचारी हटाएको स्वास्थ्यमन्त्रीको प्रष्टीकरण
ट्रेन्डिंग न्यूज्

स्वास्थ्य क्षेत्रमा दरबन्दी बढाउने मन्त्री बस्नेतको प्रतिवद्धता

पछिल्लो २४ घण्टामा ६ हजार ८२७ जना कोरोना थपिए, १० को मृत्यु
समाचार

पहिलोपटक ७ जनामा कोरोनाको जेएन–१ भेरियन्ट पुष्टि

त्रिविले ४९औँ दीक्षान्त भव्य रुपमा मनायो
ट्रेन्डिंग न्यूज्

त्रिविले ४९औँ दीक्षान्त भव्य रुपमा मनायो

नेपालमै भएका शिक्षा र अवसरलाई प्रयोग गर्ने प्रधानमन्त्री प्रचण्डको अपील
Breaking News

नेपालमै भएका शिक्षा र अवसरलाई प्रयोग गर्ने प्रधानमन्त्री प्रचण्डको अपील

कोरोना संक्रमण अध्यधिक बढ्न थालेपछि सिंहदरवार प्रवेशमा कडाइ यसअघि जारी गरिएका सबै प्रवेश पास खारेज (विज्ञप्तिसहति)
ट्रेन्डिंग न्यूज्

सरकार र आन्दोलनरत चिकित्सकबीच वार्ता जारी

शिक्षक महासंघसँग भएको सहमतिलाई कार्यान्वयन गर्ने काम सांसदको हो :  शिक्षामन्त्री राई
मुख्य समाचार

शिक्षक महासंघसँग भएको सहमतिलाई कार्यान्वयन गर्ने काम सांसदको हो : शिक्षामन्त्री राई

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result